Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई कारबाही

काठमाडौं ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले एकै पटक ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण १० हजार रुपैयाँका दरले कारबाही गरिएको जानकारी दिए ।

यसरी कारबाहीमा पर्नेमा दुई सरकारी बीमा कम्पनीहरु समेत छन् । कार्यकारी निर्देशक पौडेलका अनुसार दी ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीमा परेका छन् ।

यसैगरी आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कारबाहीमा परेका हुन् । अनलाइन खबर