सिटको व्यवस्था नभएपछि राप्रपाकी सांसद बाहिरिन्
सुर्खेत ।
कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकमा राप्रपाकी सांसद सोशिला शाही आफूलाई सिटको व्यवस्था नगरिएको भन्दै संसदबाट बाहिरिएकी छन् । उनले सुरुमै सदनमा उठेर आपत्ति जनाएकी थिइन् । तर प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोल्न थालेपछि लामो समयसम्म उनी उभिरहेकी थिइन् । कँडेलले बोलेर सकेपछि उनलाई सभामुख राजबहादुर शाहीले बोल्न भने । सुरुमै उनले भनिन्,‘ मेरो दलले संसदमा स्थान पाउने कि नपाउने ?
शाहीले अन्य दलजस्तै आफ्नो दललाई अगाडि स्थान नदिएको प्रति आपत्ति जनाइन् । त्यसपछि उनले भनिन,‘ सचिवालयले व्यवस्था गरेको हो की ? महिले सीटकै लागि लडाइँ गर्न खोजेको होइन ? तर सानो दल भनेर किन हेला गरिन्छ ? उनको तर्क थियो ।
महिले जाने कहाँ हो ? कि गेटबाहिर बस्नुप¥यो ? दलको मान्यता दिइसकेपछि स्थान दिनुप¥यो,’उनले भनिन,‘ म आउँदा सबै जनाले आफ्नो सीट अगाडी ओगटेर बस्नुभयो ।यो के हो ? महिले बुझ्न सकिन्। होइन भने आज म यतिकैमा जान्छु सभामुख महोदय…! सिटको व्यवस्था होस्। फेरि आउन पाइयो भने आउँला नआउन पाइयो भने नआउँला । आवश्यक परे बोलाउनुहोला नभए नबोलाउनुहोला..! भन्दै उनी संसदबाट बाहिरिइन् ।
त्यसपछि सभामुख राजबहादुर शाहीले संसद आधा घण्टाका लागि स्थगित गरे । राप्रपाकी सांसद शाही बोल्नमा केही कमजोर शिक्षामा साक्षर अनि सांसदमा १ सिट मात्र भएकाले पनि उनी सांसदमा नै हेलाको पात्र बन्ने गरेकी छन् ।







