Loading... आजः २३ जेष्ठ २०८३, शनिबार । Saturday 6th June 2026
ताजा खबर
  

राउटे बस्तीमा राहतसहित गजल वाचन हुने

सुर्खेत ।
सल्यान कला साहित्य परिषद्को आयोजनामा राउटे वस्तीमा राहत वितरणसहित गजल वाचनको कार्यक्रम हुने भएको छ । यही माघ २५ गते राउटेहरुलाई राहत वितरण हुनेछ भने साथमा गजलकार भरत प्रमोद दहाल दैलेख,कोकिला सिंह ठकुरी सुर्खेत, सुनिल राना ‘बिरही’ सल्यान, टोप घर्ती ’अनुरागी’ सल्यानले गजल वाचन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष भरत रोकायाले जानकारी दिनुभयो ।


’हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान’ मूल नारासहित कार्यक्रमको आयोजना गरिएको बताउँदै अध्यक्ष रोकाय ‘एक्सन’ ले भन्नुभयो, ‘सुर्खेतको सिम्ता बाँखर्क (सिर्जना बजार)मा रहेको राउटे बस्तीमा गजल वाचन साथै राहत वितरण कार्यक्रम गर्ने योजना बनाइएको हो ।’

राउटे समुदायमा हुन लागेको गजल वाचन देशकै पहिलो कार्यक्रम हो । परिषद्ले राउटे बस्तीमा राहत वितरण गर्नेछ । राउटे बस्तीमा गजल वाचन तथा राहत वितरणका लागि सिम्ता गाउँपालिकाले स्वीकृत समेत दिइसकेको छ ।