ठूला दलको केटाकेटीपनाले देशलाई दीर्घकालिन असर पुग्छ : लिङ्देन
सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिष्पर्धा गर्ने स्थलमा परिणत भएको बताएका छन् ।

उनले भने, ‘प्रमुख राजनीतिक दलहरुले एमसीसीको सम्बन्धमा जुन प्रकारको भूमिका निर्वाह गरे कि बैदेशिक सम्बन्धलाई सत्ता आरोहणको सिंढी र सत्तामा बसिरहने लिस्सोको रुपमा प्रयोग गरे, यो आलोकाचो व्यवहार र केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको राणनीतिक प्रतिष्प्रर्धा स्थलमा परिणत भयो । यस्तो दुष्प्रयासको सिकार प्रमुख राजनीति दल मात्र होइन् देश र जनताले व्यर्होनुपर्छ । देशलाई दिर्घकालिनसम्म क्षती पु¥याउँछ ।’
उनले एमसीसीको बारेमा जनताको तहसम्म विभाजन भएकाले यसको छिनोफानो गर्नुपर्ने भनिए पनि १२ बुँदे ब्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको बताए । उनले १२ बुँदे ब्याख्यात्मक टिप्पणीले समस्या समधान नगर्ने र दिर्घकालिन रुपमा देशलाई नोक्सानी हुने बताए । उनले एमसीसी कार्यान्वयनमा राप्रपाको कूनै पनि भूमिका नहरने प्रष्ट समेत पारे ।
कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ ।

अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको छ । यस्ले पार्टीलाई क्षति पु¥याएको छैन् ।’ साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए ।
‘राप्रपाको शक्ति कति छ रु भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ ।’ स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए ।
व्याख्यात्मक घोषणा लाज छोप्ने टालो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ११ बुँदे व्याख्यात्मक घोषण लाज छोप्ने टालो जस्तो भएको टिप्पणी गरेका छन् । पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्न सुर्खेतका पुगेका लिङ्देनले सुर्खेत विमानस्थलमा पत्रकारसँग भेटघाट गदै यस्तो टिप्पणी गरेका हुन् ।

एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै भूमिका नरहने उनको भनाई छ । ‘एमसीसी पासमा पनि हाम्रो कुनै भूमिका रहेको थिएन र यो कार्यान्वयनमा हाम्रो कुनै भूमिका हुने छैन,’ अध्यक्ष लिङ्देनले भने, ‘ यो ११ बुँदे व्याख्यात्मक टिप्पणी लाज छोप्ने टालो मात्रै हो ।’
उनले भ्रष्टाचार स्थानीय तहसम्म पुगेको भन्दै भ्रष्टाचाररहित स्थानीय तहको रूपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको बताए । ‘यसपालिको निर्वाचनमा स्थानीय तहमा उच्च शिक्षा, संस्कारको राजनीति सिकाउने लगायतका विषयमा हाम्रो पार्टी अगाडी बढेको छ,’ उनले भने । अध्यक्ष लिङ्देनले पार्टी विभाजनको कुनै रूपमा लिएको भन्दै राजनीतिलाई पेशा व्यवसाय ठान्नेहरू बाहिरिने र भित्रिने दुईवटा ध्रुवीकरण रहेको तर्क गरे ।
राजाको पालामा खाद्यन्न निर्यात गरिन्थ्यो अहिले आयात गरिन्छ: महामन्त्री कुन्ति शाही
राप्रपाकी महामन्त्री कुन्ती शाहीले राजाका पालामा नेपालबाट पिठो चाइना (विदेश) पठाइने गरेको बताएकी छन् । तर अहिले खर्बौंको कपडाहरू बाहिरबाट ल्याउनुपरेको भन्दै आक्रोश व्यक्त गरिन् । शनिबार वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हिजो राजाहरूले बनाइरहेका उद्योगधन्दाहरूमा नेपालीले श्रम गरेर नेपालको स्वाधीन अर्थतन्त्र निर्माण गर्ने क्रममा यो देशबाट पिठो चाइना पठाइन्थ्यो । तर आज यो देशमा अर्बौंको खाने वस्तुहरु ल्याइन्छ । खर्बौंको कपडाहरू भित्र्याइन्छ । तपाइँले खोजेको स्वाधिनता अर्थतन्त्र कहाँ गयो ? ’

साथै उनले अहिलेका नेताहरुलाई चुनौती दिँदै २०÷३० हजार तपाईँहरुका झोले कार्यकर्ताहरूको जीवनशैलीलाई नव सामन्ती, नव राजा बनाएर जनतालाई भ्रष्ट्राचारी नेपाली बनाइरहेको आरोप लगाइन् । जनतालाई गरिब, दरिद्र नेपाली बनाइएको छ,’उनले भनिन्,‘राजाका पालामा हाम्रा उत्पादन बेच्ने देश आज अमेरिकाको पैसा आएन भने हामी गरिब हुन्छौं भन्ने थालेको छ। अब हामी त्यसको विरुद्धमा हामी लागौं ।’
महामन्त्री शाहीले सञ्चारकर्मीहरूलाई पनि अहिलेको राज्यसत्ताले गरेको भ्रष्टाचारका विरुद्धमा लाग्न आग्रह गरिन् । आज विश्वले खान नपाउने देशका नेपालीहरु भन्ने पहिचान बनाउन थालेको भन्दै राप्रपाले एक पटक जनताको साथ खोजेको औंल्याइन् ।

‘हामीलाई एक भोट दिनुस् अहिलेका नेताहरुले स्वीस बैंकमा राखेको पैसा मात्र होइन राज्य स्रोतबाट लुटेको पैसालाई जनताको पक्षमा लगानी गर्नतर्फ केन्द्रीत गर्ने वातावरण बनाउँछौं,’ शाहीले भनिन,‘एक भोट दिनुहोस् हामीले एक पटक तपाइँको साथ मागेका छौं ।’
साथै उनले कर्णालीलाई स्वाभिमानी कर्णालीवासी भन्दै कर्णालीलाई गरिब प्रदेशको रुपमा चिनाउने नेताहरुका विरुद्धमा एकजुट हुन पनि कर्णालीवासीलाई आह्वान गरिन् ।
विभिन्न पार्टी परित्याग गरी हजार जनाभन्दा बढी राप्रपामा प्रवेश
सुर्खेतमा विभिन्न पार्टी परित्याग गरी एक हजारभन्दा बढी (राष्ट्रिय प्रजातन्त्र पार्टी) राप्रपामा प्रवेश गरेका छन् । शनिबार सुर्खेतमा आयोजित आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले विभिन्न पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्ताहरुलाई राप्रपामा प्रवेश गराएका हुन् ।

अन्य पार्टीभन्दा राप्रपा नै ठिक भएको भन्दै उनीहरु राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउँदै अध्यक्ष लिङदेनले राप्रपा पार्टी यसैगरी जनताको रोजाईमा पर्ने दाबी समेत गरे ।

पत्रकारसँग के भने लिङदेनले
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीयतहको चुनावमा शक्ति पर्दशनमा रुपमा पार्टी स्थापित गर्ने बाटो तय गरेको बताएका छन् । पार्टीले आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न सुर्खेतमा आएकालिङ्देनले शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले चुनावको तयारी राप्रपाले शक्ति प्रदशनको रुपमा स्थापित गर्ने हिसाबका बाटो तय गरेको बताए । उनले भने ‘भ्रष्टाचार स्थानीयतह सम्म आई पुगेको छ ।, त्यसैले भ्रष्टाचार रहित स्थानिय तहको रुपमा विकास गराउँनको लागि राप्रपा पनि चुनाव लक्षीत भएको छ ।’

लिङ्देनले अगाडी थपे , ‘यसपालिको निर्वचानमा स्थानित तहमा उच्च शिक्षा, संस्कारको राजनीति सिकाउँने लगायतका विषयमा हाम्रो पार्टी अगाडी बढेको छ ।’ अध्यक्ष लिङ्देनले आफ्नो पार्टीविभाजनको कुनै रुपमा लिएको र राजनीतिलाई पेशा व्यवसाय ठान्नेहरु बाहिरीने र भित्रीने दुईटा धुर्विकरण रहेको समेत उल्लेख गरे ।
यस्तै, राप्रपा अध्यक्ष लिङ्देनसहित पुर्व अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष एवं पुर्व मन्त्री बिक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिका मेयर धवलसम्शेर राणा, महामन्त्री कुन्ती शाही लगायतका नेताहरु सुर्खेत आएका हुन् ।
जनसभा राप्रपा कर्णाली प्रदेश अध्यक्ष दीप बहादुर शाहीको अध्यक्षतामा भएको थियो शब्द स्वागत सुर्खेत जिल्ला अध्यक्ष कविराम पुरीले गरेका थिए ।
राजेन्द्र लिङदेनको भाषण सुन्न ७० वर्षे बृद्धा कालिकोटबाट सुर्खेत पुगे
खुट्टामा पुरानो चप्पल, आङमा कालो पुरानो कोट, शीरमा नेपाली ढाँका टोपी अनि ओठमा बिँडी च्यापेर धुवाँ उडाइरहेका उनी शनिबार बिहानै वीरेन्द्रनगरको रारा होटलमा भेटिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको भाषण सुन्न कालिकोटबाट सुर्खेत झरेका रहेछन् ।

राजतन्त्र अन्त्य भएर नेपाल संघीय गणतान्त्रिक मुलुक बनेको छ, तर देशलाई राजासँग जोडेर हेर्ने एक ठूलो जमात देशमा छ । रजलाललाई पनि राजतन्त्र फर्किओस् भन्ने चाहना छ । त्यसैले उनी राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपाका अध्यक्ष आउने खबर पाएपछि कालिकोटको पलाँता गाउँपालिका–१ पुलाहा गाउँबाट सुर्खेत झरेका थिए । कालिकोटबाट सुर्खेत आउनुको कारण उनले बताए, ‘‘म राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलको भाषण सुन्न आएको हुँ ।’’
उनी चाहन्छन् देशमा राजतन्त्र फर्किओस् । राजतन्त्र फर्काउने एजेण्डा बोकेको राप्रपासँग उनको ठूलो अपेक्षा छ । फेरि राजा ल्याउन सम्भव छ त भन्ने हाम्रो प्रश्नमा आशामिश्रित स्वरमा उनले प्रश्न गरे, ‘‘तिमी जस्ता युवाहरू नलागे राप्रपा कसरी अघि बढ्छ?” एकछिन रोकिएर उनले भने, ‘‘तिमी युवाहरू लागे राजतन्त्र र राजाको भविष्य छ । तिमहरू बरालिन्छौ मात्रै देशको चिन्ता छैन् ।’’
उनी सत्तामा पुग्नका लागि विभिन्न दलहरूले हिँसाको बाटो अपनाएको आरोप लगाउँछन् । राजाहरू पनि हत्याकण्डमा मुछिएका थिए नि भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्, ‘‘राजाले देश बनाउनका लागि गरेका थिए ।”
२००७ साल प्रजातन्त्र ल्याउनका लागि कांग्रेस बन्दुक उठाएर हत्याहिंसामा लागेकोमा त्यसपछि हालसम्म सबै नेताहरूले जनता मार्ने काम गरेको आक्रोश उनी पोख्छन् । ‘‘अहिले सत्ता समालिरहेका कांग्रेस, एमाले, माओवादी वा अन्य कुन दलले हत्या गरेका छैनन्? सबै उही हुन् ।’’ अहिले नेताहरू कसले कसलाई सिध्याउने भनेर लागिरहेकोमा राजतन्त्र हुँदा विकास भएको जिकिर उनको छ ।
अहिले सबै नेताहरू विदेशी दलाल भएको आरोप उनी लगाउँछन् । तत्कालीन भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीले चिसापानी बहुउद्देश्य परियोजना सम्झौता गर्न चाहेको बताउँदै उनले राजा महेन्द्रको देशभक्ति चरित्रका कारण उक्त सम्झौता नभएको बताउँछन् ।
महाकाली सन्धी राष्ट्रहितविपरीत भएको बताउँदै उनले अहिले भएको एमसीसी सम्झौता पनि घातक हुने जिकिर गरे । अन्तिममा उनले राप्रपा अध्यक्ष लिङ्देन आएकाले उनैलाई भेट्न भनी कालिकोटदेखि सुर्खेत आएको बताए । ‘‘मैले राप्रपाका अध्यक्ष लिङदेललाई भेट्नु पर्नेछ । उनलाई पनि केही सुझाव दिनुछ,” यति भनेर उनी राप्रपाको कार्यक्रमस्थल सोध्दै भित्र छिरे ।






