बृहत् लोकतान्त्रिक साझा व्यावसायी समूहलाई जिताउन काँग्रेसको आव्हान
सुर्खेत ।
यही वैशाख ४ गते हुन गईरहेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा बृहत् लोकतान्त्रिक साझा व्यावसायी समूहलाई जिताउन नेपाल काँग्रेसले आव्हान गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतले एक विज्ञप्ति प्रकाशित गरी यस्तो आव्हान गरेको हो ।
वैशाख ४ गते हुन गइरहेको निर्वाचनमा लोकप्रिय तथा स्थापित व्यावसायी हर्षविक्रम खड्का अध्यक्ष पदको उम्मेदवार रहेको प्रतिगमनविरुद्ध बनेको पाँच दलीय गठबन्धनमा आवद्ध व्यावसायीहरुको बृहत् लोकतान्त्रिक साझा व्यावसायी समूह चुनावी प्रतिस्पर्धामा रहेको छ । उक्त समूहलाई विजयी गराउनु नेपाली काँग्रेसले आफ्नो दायित्व ठानेको छ विज्ञप्तिमा भनिएको छ । तसर्थ नेपाली काँग्रेसमा आवद्ध र सम्पूर्ण व्यावायीहरुलाई आफ्नो मत दिनका लागि हार्दिक आव्हान गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।
वैशाख ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन एकातिर छ भने लक्ष्मण कँडेलको नेतृत्वको प्यानल अर्कोतिर रहेको छ ।







