Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

मायाविनीको विमोचन

सुर्खेत ।
स्रष्टा लक्ष्मण पाण्डेको मायाविनी उपन्यासको विमोचन भएको छ । कर्णाली साहित्य समाज प्रकाशक रहेको उक्त उपन्यास नयाँ वर्ष २०७९ को अवसर पारेर सुर्खेतमा एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि गणेशभक्त गौतमले विमोचन गरेका हुन् ।

No description available.
नयाँ वर्षको शुभकामना आदानप्रदान तथा उपन्यास विमोचन कार्यक्रममा उपन्यास विमोचन गर्दै आरंग नेपालका अध्यक्ष समेत रहेका गौतमले भने, ‘लेख्नका लागि न उमेरले छेक्छ न कसैले रोक्छ । उमेरले पाको भएको मान्छेले मात्र राम्रो लेख्न सक्छन् भन्ने होइन । मोतिराम भट्टले ३० वर्षको उमेरमै अनेक कृतिहरु छाडेर गएका छन् ।’ उनले थपे, ‘अबको साहित्य केवल माया प्रेममा मात्र होइन समाजलाई मार्ग दर्शन दिने खालको हुनुपर्दछ ।’ कर्णालीले मायाविनी उपन्यास पाएको छ यो पछिल्लो पुस्तकालागि प्रेरणाको स्रोत सावित हुने विश्वास लिएको छु गौतमको भनाई थियो ।

No description available.
उपन्यासको समीक्षा गर्दै साहित्यकार मीनराज पन्तले भने, ‘मायाविनीले साँच्चिकै स्थानीय भूगोलदेखि कर्णालीको अवस्थालाई चित्रण गर्न सकेको छ, त्यसैले पनि यो कृतिले सफलता पाउने कुरामा कुनै शंका छैन ।

कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’को अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले सहजिकरण गरेकी थिइन भने शब्द स्वागत सचिव सरस्वती पन्तले गरेकी थिइन् । कार्यक्रममा पिताम्बर ढकाल, गेहेन्द्र प्रसाद दाहाल, युद्धविक्रम शाही, हरिलाल महतारा, सीता यरी, ज्ञानु गैरे लगायतले रचना वाचन तथा शुभकामना व्यक्त गरेका थिए ।

No description available.