भगवतीमाई गाउँपालिका उपाध्यक्षमा रमा रेग्मी सिफारिस
दैलेख ।
जिल्लाको भगवतीमाई गाउँपालिका उपाध्यक्ष पदका लागि अनेरास्ववियूकी केन्द्रिय कमिटी सचिव रमा रेग्मी सिफारिस भएकी छन् । उनलाई नेकपा एकिकृत समाजवादीको गाउँपालिका कमिटीको विस्तारित बैठकले उपाध्यक्षको उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

भगवतीमाई ३ मेहेल्तोली निवासी रेग्मीले मेहेल्तोलीको महादेव माविको इकाई कमिटीबाट आफ्नो राजनीतिक यात्राको थालनी गरेकी थिइन् । राजनीतिक अध्ययन र वैचारिक बहससँगै सामाजिक कार्यहरु गर्नै रेग्मी विभिन्न उतारचढावसँगै नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको केन्द्रिय कमिटीको सचिव पद सम्हालिरहेकी छन् ।
सानै उमेरदेखि कम्यूनिष्ट राजनीतिमा सक्रिय रेग्मी महिला, युवा मात्र होइन सबै माझ लोकप्रिय छन् ।






