Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

सहलेखापाल हुँदै प्रमुख प्रशासकीय अधिकृतसम्म पुगे देवकिरण बुढा

सुर्खेत ।
दैलेखको महाबुमा जन्मेका देवकिरण बुढालाई सानैदेखि सरकारी जागिर खाने रहर थियो । २०४५ साल वैशाख ३ गतेका दिनदेखि उनको सपना पूरा भयो र उनी मालपोत कार्यालय सुर्खेतमा सहलेखापाल पदबाट सरकारी कर्मचारीको रुपमा काम गर्न गए । करिब ३३ वर्ष लामो समयको अनुभव संगाल्ने क्रममा विभिन्न कार्यालयमा सफलता र कुशलतापूर्वक कार्य गर्दै आएका बुढा यही वैशाख ६ गते गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा आसिन भएका छन् ।


मध्यम कृषक परिवारमा जन्मिएका उनी बाल्यकालदेखि नै अध्ययनको क्षेत्रमा संघर्षरत रहेका कारण हाल उनी उक्त पदमा पुगेका हुन् । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइकमदेखि स्नातकोत्तर तहसम्मको पढाइ पुरा गरेका बुढाले कानूनी ज्ञानका लागि एलएलवी विषय अध्ययन समेत पूरा गरेका छन् ।

२०५१ साल फागुन २ गते उनी लोकसेवा आयोगबाट लेखापाल पदमा उत्र्तिण भएका थिए । पेशाप्रतिको इमान्दारीता कहिल्यै नभुल्ने भएकाले बुढालाई जुनसुकै क्षेत्रमा बसेर भए पनि काम गर्ने वातावरण बन्यो ।