वीरेन्द्रनगरको नगर प्रमुखमा हरि विष्ट आकांक्षी, राजनीतिकर्मी मात्र होइन समाजसेवी पनि हुन विष्ट
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा अब आउने स्थानीय निर्वाचनमा नगर प्रमुखको रुपमा को आउँला सबैको चासो हुने भयो । धेरैले फरक फरक व्यक्तिहरुलाई आंकलन गरिरहेका बेला कलाकार, खेलाडि र राजनीतिकर्मी मात्र नभएर समाजसेवीको रुपमा चिनिएका चर्चित व्यक्तित्व हरि विष्ट नगरप्रमुख पदको आकांक्षी भएको बुझिएको छ । जसले गर्दा अनुमान गर्नेहरु मात्र होइन मेयरमा दावी गरिरहेकाहरु समेत झस्किएका छन् । किनकी हरि विष्ट नगरप्रमुखको उम्मेदवार बने उनले बाजी मार्न सक्ने अड्कल सबै पक्षले गर्नै पर्दछ ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वीरेन्द्रनगरको नगर प्रमुखमा आकांक्षी धेरै छन् तर, काँग्रेसबाट समाजसेवी हरि विष्ट पनि उम्मेदवारहरुको भिड्मा छुटटै पहिचान सहित उभिएका छन् । दिन दुःखीहरुको साहाराको रुपमा आफुलाई समर्पित गरेका विष्टको वीरेन्द्रनगरमा नगर प्रमुखको उम्मेदवारी दिने नाम चर्चा बटुलेका छन् ।

कोभिड्को बेला होस् या अन्य जुनसुकै बेला आपतविपतमा परेका दिनदुखीहरुको सेवामा अग्रसर हुने विष्ट वीरेन्द्रनगरका बलियो उम्मेदवार हुन् । वैशाख ११ र १२ मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिरहदाँ विष्टका सुभचिन्तकहरुले जुनसुकै अवस्थामा पनि नगर प्रमुखका लागि लड्नुपर्ने आवाज उठाएका विष्ट निकटकाहरुले बताएका छन् । तरुण दल सुर्खेतका अध्यक्ष र पार्टीका जिल्ला सहसचिव समेत रहेका विष्ट सामाजिक अभियान मार्फत आफुलाई एक संशक्त र बलियो उम्मेदवारका रुपमा स्थापित गरेका छन् ।
कोभिड्का बेला वीरेन्द्रनगरमा काँग्रेस कहाँ छ भनेर खोज्नुपर्ने बेलामा विष्टले रातदिन, दुःखी गरिवहरु सवैका घरघरमा पुगेर सहयोगी बनेर काम गरेका थिए । विरामीहरुलाई आर्थिक सहयोगदेखी कोभिड्ले दैनिक मजदुरी गर्नेहरुको चुलो नजलेको बेला राहत लिएर चुलो जलाएका थिए । उनले त्यतीबेला ५० लाख बढी ब्यक्तीगत खर्च गरेका थिए ।

वीरेन्द्रनगरमा जिउ र धनको प्रवाह नगरि काँग्रेस कहाँ छ भनेर समाजसेवा मार्फत आफुलाई विष्टले उभ्याएका थिए । आज उनै विष्ट वीरेन्द्रनगरमा नगर प्रमुखको रुपमा अघि सारेका छन् । कोभिड्का बेला दिनदुखीहरुको सेवामा समर्पित भएको भन्दै त्यसैको फल स्वरुप उनले अन्र्तराष्ट्रिय स्तरको गोल्वल नेपाल अमेरिकाबाट दिएको कोभिड् हिरो अवार्डको सम्मान समेत पाएका थिए ।

‘म तरुण सुर्खेतको अध्यक्ष र पार्टी सहसचिव हुँदा आकांक्षी हुनु स्वभाविक हो ।’ विष्टले भने, पार्टी उठाए जितेर देखाउँछु । को उपचार नपाएको छट्पटाएको छ । त्यहाँ पुगेर विरामीको उपचारमा सहयोग पु¥याउनु आफ्नो मानवीय धर्म सम्झिने विष्टले कोरोना कहरको समयमा गरेको योगदान प्रसंशा गर्न लाएकको छ । कोरोना कहरको समयमा कसैले खान नपाएमा आफ्नो नम्बरमा फोन गर्न भन्दै समाजसेवा गर्दै हिडिरहेका विष्ट भन्छन्, पार्टीमा संगठनका लागि दुःख पाएको अग्रजहरु नेताहरुको ब्यवस्थापन गर्ने क्रममा मलाई पार्टीले पछि हट्न भनेपछि हट्न तयार छु ।’







