शेखर कोइराला समूहले ४० प्रतिसत उम्मेद्वारी नहुँदासम्म आफुहरुले कुनैपनि पद नलिने
नेपाली काँग्रेस सुर्खेतको संस्थापन इतरपक्ष शेखर कोइराला समूहले मनोनयन दर्ताकै दिन छुटै भेलाको आयोजना गरेको छ। काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खवरदारी गर्ने निष्कर्ष निकालेकों छ।
संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पाटी भित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको समूहको निष्कर्ष छ। भेलाले पाटी नेतृत्वले एकलौटी ढंगले एउटा समूहलार्इ निषेधगरेर अगाडी बढ्नु कसैको लागी पनि फार्इदा नहुने ठहर गरेको छ। भेलाले वीरेन्द्रनगर नगर कार्यसमितिको निर्णय विपरित नगर सभापति उपेन्द्र खड्काले एकलौटी रुपमा नाम शिफारीस गर्नु असक्षम र अपरिपक्क नेतृत्व सावित भएको निष्कर्ष निकालेको छ।

जीवन नै पाटीमा लगाएकालार्इ पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलार्इ पाटीले अगाडी बढाएको प्रति भेलाले आपत्ती जनार्इएको हो। कार्यक्रमलार्इ सम्बोधनगर्दै निर्वतमान सभापति रेग्मीले निर्वाचनमा काँग्रेसलाइ विजय गराउन लाग्न नेता तथा कार्यकर्तालाइ आग्रहगर्दै सवैलार्इ सम्मान व्यवाहर गर्न पाटी नेतृत्वलार्इ अपिल गर्नुभयो।
उहाँले आफ्नो नेतृत्वमा ९ पालिका रहेको सुर्खेतमा ६ पालिका जिताउन सफल भएको भन्दै आगामी निर्वाचनमा त्यो भन्दा बढि जिताउन पाटी नेतृत्वलार्इ आग्रह गर्नुभयो। निर्वतमान सभापति रेग्मीले आफुहरु पाटीलार्इ जित हासिल गराउन तयार रहेको भन्दै नेतृत्वबाट अहिलेसम्म पनि आफुहरुसंग कुनैपनि वार्ता सम्वाद नभएको स्पष्ट पार्नुभयो।
उहाँले जुङगाका रेखा नवस्दै राजनितिमा होमिएकालार्इ उपेक्षा गरेर पाटीमा कुनैपनि योदान नभएकाहरुलार्इ जिम्मेवारी दिनु दुखद भएको टिप्पणी गर्नुभयो। यस्तै जिल्लामा रहेका वडातहदेखि पालिकासम्म आफुहरुलाई सम्मानजनक ४० प्रतिसत उम्मेद्वारी नहुँदासम्म आफुहरुले कुनैपनि पद नलिने समूहले निष्कर्ष निकालेको छ।
यसअघि वीरेन्द्रनगर नगरपालिकामा मेयरमा शिफारीस भएका नेताहरु नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेद्धवारी फिर्ता लिनुभएको छ। उहाँहरु दुवैले हरेक क्षेत्रमा सम्मानजन आफुहरुको उपस्थीत नभए कुनै ठाँउको पनि उम्मेद्धवार नबन्ने दोहोर्याउनु भएको छ। दुवैजनाले यसअघि नै कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं. २ लाइ निवेदन दिएर उम्मेद्वारी फिर्ता लिएको बताउनुभएको छ।
सुर्खेतका निर्वतमान सचिव भुपेन्द्र केसीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाउनुभयो। पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले काँग्रेस कमजोर बनेको उहाँको भनाइ छ। यस्तै नेपाली काँग्रेसका युवानेता नारायण कोर्इरालाले पाटीमा योगदान दिएका र योग्य नेता कार्यकर्तालार्इ उपेक्षागर्दै एकपक्षलार्इ वार्इपास गरेर दिएको एकल उमेद्धवारीको कुनै अर्थ नहुने बताउनुभयो।
पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ। नेपाली काँग्रेस सुर्खेतका पूर्व टेकबहादुर भण्डारीले पार्टीको वर्तमान नेतृत्वले इतर पक्षलाई बेवास्ता गर्ने र भूमिका नदिएर एकपक्षयी गर्न खोजे त्यसको परिणाम राम्रो नआउने बताउनुभयो।






