Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

राप्रपाबाट वीरेन्द्रनगरको मेयरमा गिरी उपमेयरमा सार्कीले गराए मनोनयन दर्ता

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी राप्रपाका केन्द्रीय उपाध्यक्ष हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सोमबार गिरीले मनोनयन दर्ता गरेका हुन् ।

गिरी २०६१ सालमा वीरेन्द्रनगरको मेयर थिए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १८ वर्ष पछि उनले मेयरमा उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरवासीले मेरो आवश्यकता महसुस गरेकाले मेयरमा उम्मेदवारी दिएको प्रतिक्रिया उनले दिए ।

राप्रपाबाट वीरेन्द्रनगरको उपमेयरमा लक्ष्मीकुमारी सार्कीले उम्मेदवारी दिएकी छन् ।

May be an image of 8 people, people standing, tree and outdoors

May be an image of 10 people, people standing, motorcycle and road