रतन शाहीको पक्षमा उर्लियो जनलहर
जुम्ला ।
जिल्लाको हिमा गाउँपालिका वडा नं. १ का लागि नेपाली काँग्रेसका युवा नेता रतन शाहीको पक्षमा जनलहर उर्लिएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेको शाहीको पक्षमा जनलहर उर्लिएको हो ।

युवा नेताका रुपमा आफ्नो परिचय बनाएका शाही समाजका विभिन्न क्षेत्रका सेवाभावका कामहरु गर्दै आइरहेका थिए । पार्टीले पत्यायो जनताले माया गरे त्यसैले जनप्रतिनिधिको रुपमै रहेर सेवा गरौं भन्ने भावनाले निर्वाचनमा होमिएको हुँ शाहीले भने ।
नेपाली काँग्रेसको पकट एरियाको रुपमा चिनिएको उक्त वडामा युवादेखि बृद्धहरुले समेत शाहीले निर्वाचन जितेमा जनताको पक्षमा काम गर्न सक्ने बताएका छन् ।






