१२ बजेसम्म ३५ प्रतिशत मत खस्योः मौसमले चुनौति दिँदै
सुर्खेत ।
स्थानीय तहको निर्वाचनको दिन आज मतदान भइरहेको छ । देशभर एक साथ विहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्ममा करिब ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
केही स्थानमा छिटफुट रुपमा मतदान अवरुद्ध भएपनि सामान्यतया देशैभर सामान्य वातावरणमा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
अहिले २ बजेसम्म मौसम समेत सफा रहेको छ भने अहिले भने आमाशमा कालो बादल मडारिरहेको छ । सम्भवतः वर्षा हुने स्थिति देखिएकाले मतदान केन्द्रमा मतपत्र लगायतका सामग्रीहरुको सुरक्षामा चुनौति थपिएपनि पूर्व तयारी भइरहेकाले खासै समस्या नहुने निर्वाचन आयोगको भनाई छ ।






