वडा नं. १२ ले ल्यायो ज्येष्ठ नागरिक लक्षित कार्यक्रम
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको निर्णय गरेका छन् । नवनिर्वाचित वडाअध्यक्ष चुडामणी चपाईको अध्यक्षतामा बसेको बैठकले वडा नं. १२ भित्र बसोबास गर्नै ७० वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई मान्यता प्राप्त चिकित्सकले औषधोपचार गर्न सुर्खेत जिल्ला भित्र संभव नभएको भनि जिल्ला बाहिर सिफारिस गरेको खण्डमा यातायात वापत एकमुष्ट २ हजार उपलब्ध गराउने उक्त निर्णय अनुमोदनका लागि नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको वडासचिव उत्तम अधिकारीले जानकारी दिए ।

वडा नं. १२ का वडा अध्यक्ष चपाईले भने, हामी ज्येष्ठ नागरिकलाई पहिलो सम्मान गर्छौ त्यही भएर पहिलो निर्णय पनि ज्येष्ठ नागरिकहरुका लागि गरेका छौ । वडाको विकासका लागि निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु पूरा गर्ने गरी आजकै दिनदेखि काम गछौ उनको भनाई थियो । वडा अध्यक्षमा चुडामणी चपाई र सदस्यहरुमा यमुना नेपाली, चन्द्राकुमारी धामी, सन्तबहादुर सारु र गंगाराम लामीछाने विजयी भएका हुन् ।






