Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

जति संख्यामा मत प्राप्त गरे त्यत्तिको संख्या विरुवा रोप्छुः शाही

जुम्ला ।
हिमा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रतनबहादुर शाहीले जति मत पाएँ त्यत्तिको संख्यामा विरुवा रोप्नु बताएका छन् । सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै शाहीले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार बनेका उनले ३२८ मत प्राप्त गरेका थिए । अब आउने वर्षाको समयमा मौसम अनुसारका ३२८ विरुवा रोप्ने र रोपेका विरुवाहरुलाई हुर्काउने बाचा गर्दछु शाहीले भने ।


निर्वाचनको समयमा अरुहरु ठूलो नारा जुलुशको आयोजना गरेर जनताका घरदैलोमा गए र आफू शक्तिशाली भएको देखाए तर शाही भने सामान्य ढंगबाट जनताको घरदैलोमा गए र मन जिते । त्यति मात्र होइन उनी मत माग्नका लागि भेडीगोठमा रहेका गोठालाहरु समक्ष पनि पुगेका थिए । जुन कुराले निकै चर्चा पाएको थियो । गोठालाहरुको जीवन फेर्नका लागि आधुनिक पशुपालनमा जोड दिन आवश्यक भएको बताउँदै आधुनिक कृषि प्रणालीले मात्र किसानको जीवनमा परिवर्तन ल्याउन सक्ने उनको भनाई छ ।

No description available.
आफू पनि सामान्य परिवारको भएको र सामान्य व्यक्तिका समस्या समाधान गर्नका लागि आफ्नो कार्यकाल खर्चने बताउँदै शाहीले भने, अरुका जस्ता पूरा गर्न नसकिने बाचा गरेको छैन पूरा गर्न सकिने बाचाहरु नगरी कार्यकाल विताउने अधिकार मलाई छैन । त्यसैले मैले गरेका बाचाहरु पूरा गर्न सकेभने वडा सरकारको महसुस हुनेछ अनि मात्र मेरो कार्यकाल सफल भएको ठान्नेछु । निर्वाचनमा विजय भएपछि उनीले भेडी गोठमा पुगेर गोठालाहरुलाई समेत धन्यवाद दिएका छन् ।