Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।