Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

वृद्धाश्रम र मानवसेवा आश्रममा जन्मदिन

सुर्खेत ।
क्यान महासंघ कर्णाली प्रदेशका पूर्व अध्यक्ष एवम् सुर्खेत आइटी सेन्टरका प्रोपराइटर पूर्णदेव अधिकारीले आफ्नो जन्मदिन प्रशान्ति वृद्धाश्रममा मनाएका छन् । प्रशान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धा आमाबुबासँग आर्सिरवाद थाप्दै उनीहरुलाई दिवाखाजा समेतको व्यवस्था गरेर उनले जन्मदिन मनाएका हुन् । आश्रममा रहेका वृद्धवृद्धाहरुले उनलाई आर्सिरवाद दिएका थिए । अन्यत्र फजुल खर्च गर्नुभन्दा वर्षेनी जन्मदिनको अवसर पारेर आश्रममा जन्मदिन मनाउने गर्दा आफूलाई आनन्द लाग्ने अधिकारीले बताए ।

हामीले होटल रेष्टुरेण्टमा गएर खाजा खाएर सिध्याउने पैसा मात्रै आश्रम तथा अन्य सहयोगापेक्षीहरुलाई प्रदान गर्न सक्यौ भने उनीहरुले मनदेखि जुन आसिरवाद प्रदान गर्छन त्यो नै ठूलो कुरा हो । त्यसैले यस्ता अवसरहरुमा अन्यत्र फजुल खर्च गर्नुको साटो मानव सेवाको कार्यमा लाग्नु नै सच्चा मानवधर्म भएको उनले बताए ।

May be an image of 5 people, people sitting, people standing and indoor
यसैगरी वीरेन्द्रनगर १२ नेवारेमा रहेको मानवसेवा आश्रममा रहेका सहयोगापेक्षीहरुलाई खानामा सहयोग पुगोस् भन्ने हेतुले अधिकारीले ८ हजार ५ सय बराबरको खाद्य सामग्रीहरु हस्तान्तर गरेका छन् ।

मानवसेवा आश्रममा रहेका सहयोगापेक्षीहरुका साथ समेत जन्मदिन मनाएका अधिकारीले भने, मानवसेवा के हो र कसरी गर्नुपर्छ भन्ने कुरा मानवसेवा आश्रममा गएर सिक्न आवश्यक छ । आश्रमहरुको संचालनका लागि सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न आवश्यक छ अधिकारीले भने ।

May be an image of 7 people, people sitting and indoor

May be an image of 2 people, people sitting and indoor

May be an image of 6 people, people sitting, people standing, indoor and text that says 'POCO S2 ON POCO SHOT'

May be an image of 5 people, people standing and indoor

May be an image of 5 people, people standing and indoor