जन्मदिनको अवसरमा अधिकारीद्वारा निशुल्क व्यवसाय सेवाकेन्द्र प्रस्ताव (भिडियो सहित)
सुर्खेत ।
क्यान महासंघ सुर्खेतका पूर्व अध्यक्ष, क्यान महासंघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष, प्रशान्ति बृद्धाश्रमका संचालक समिति सदस्य एवम् सुर्खेत आइटी सेन्टरका संचालक पूर्णदेव अधिकारीले आफ्नो जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरि कर्णालीका उद्योगी व्यापारी व्यवसायीहरुलाई निशुल्क रुपमा सेवा दिने उद्देश्यले कर्णाली साझा मञ्च बनाउने प्रस्ताव गर्नुभएको छ । यही साउन २६ गते (हिजो) आफ्नो जन्मदिनको अवसरमा अधिकारीले उक्त प्रस्ताव गर्नुभएको हो ।
सो प्रस्तावित कर्णाली साझा मञ्चको संयोजकमा युवा व्यवसायी एवं सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालाई जिम्मेवारी दिईएको छ । प्रस्तावित कर्णाली साझा मञ्चबाट निःशुल्क व्यवसाय सेवा केन्द्र संचालन गर्ने, व्यवसायीक परामर्श, उद्योग व्यवसाय प्रवर्धनात्मक कार्यक्रम, उद्योगी व्यवसायीहरुलाई सीप तथा तालिम, सम्बन्धित सरकारी निकायसंगको समन्वयमा परिवर्तित सरकारी नीति नियमको जानकारी उपलब्ध गराउने लगायतका कामहरु गर्ने जनाईएको छ ।

यस मार्फत गरिने सम्पूर्ण कामहरु निःशुल्क हुने जनाईएको छ । व्यवसायी पूर्णदेव अधिकारीले प्रस्ताव गर्दै रु २१,०००।– सहयोग गर्नुभएको छ । निःशुल्क व्यवसाय सेवा केन्द्रलाई साथ र सहयोग गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेल, वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेम रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्यहरु सन्तोष बराईली, अर्जुनजंग शाही, जनक थापा, बुद्ध लामा, निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, पूर्व कार्यसमिति सदस्य रामप्रसाद जैशी (राजु), प्रेम भण्डारी व्यवसायीहरु रणबहादुर खड्का, बालकुष्ण भट्टराई, पोषण खरेल, रेशम शाही लगायतका व्यवसायीहरुले सो कोषमा आर्थिक सहयोग गर्दै उद्योगी व्यवसायीहरुका समस्याहरुलाई साझा रुपमा समाधान गर्न लागि पर्ने बताउनु भएको छ ।
कार्यक्रममा करिव २,४०,०००।– रकम संकलन भएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले उद्योगी व्यवसायीहरुलाई कसैले पनि आफ्नो मातहतमा राख्न नहुने र आफ्ना समस्या संगैै सामाजिक सरोकारका विषयमा समेत नीजिक्षेत्रले सहयोग र समन्वय गरेको र गर्ने भन्दै व्यवसायीक एकता महत्वपूर्ण भएकाले सम्पूर्ण व्यसायीहरुलाई एकता, समन्वय, सद्भाव कायम गर्नुपर्ने, विभिन्न आधारमा नीजिक्षेत्र विभाजित हुन नहुने धारणा राख्दै सुर्खेतको नीजि क्ष्ँेत्र एक भएर अघि बढ्नुपर्ने बताउदै व्यवसायी पूर्णदेव अधिकारीले परिकल्पना गरेको निःशुल्क व्यवसाय सेवा केन्द्र अति नै राम्रो काम र नीजिक्षेत्रको प्रबर्धनका लागि भएकाले यस्ता काममा आफ्नो सदैव साथ सहयोग रहने बताउनु भयो ।

यसलाई सबै मिलेर सफल बनाउन, यस काममा सबै उद्योगि व्यवसायीहरुलाई जोडिन पनि अध्यक्ष कंडेलले आग्रह गर्नुभयो । कार्यक्रममा संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले आफु विगतदेखि नै नितान्त उद्योगी व्यवसायीहरुको सेवामा निस्वार्थ लागिपरेको र आगामि दिनमा पनि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यता भएको बताउदै पूर्णदेवजी ले परिकल्पना गरेको यो स्रहनीय कामलाई सफल बनाउनु र उद्यमी व्यवसायीहरुलाई सेवा पु¥याउनु हामी सबैको दायित्व र कर्तव्य भएको र आफ्नो तर्फबाट लागिपर्ने बताउनु भयो ।
व्यवसायी रामप्रसाद जैशीले हामी व्यवसायीक अगुवा भएकाले हरबखत उद्यमी व्यवसायीहरुको समस्यामा हामी चिन्तित हुनुपर्ने र लागि पर्नुपर्ने यो नीजिक्षेत्रको सेवामा परिकल्पना भएका कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनु भयो । महासचिव भद्र भण्डारीले स्वस्थ व्यवसाय स्वस्थ व्यवसायीका लागि संघ लागि परेको र सबै मिलेर नीजिक्षेत्रलाई अब्बल सफल स्थापित गर्नुपर्ने बताउदै निःशुल्क व्यवसाय सेवा केन्द्रलाई संचालन गरि नीजिक्षेत्रलाई सेवा पु¥याउनुपर्ने बताउनु भयो ।

यसैविच व्यवसायी अधिकारीले आफ्नो जन्मदिनको अवसरमा अघिल्लो बर्ष झैं यसबर्ष पनि प्रशान्ति बृद्धाश्रममा पुगेर आश्रित आमाबुवाहरुलाई खाजा तथा फलफुल वितरण गर्नुभएको छ भने मानवसेवा आश्रम नेवारेमा समेत चामल तेल दालहरुलगायत खाद्य सामग्रीहरु उपलब्ध गराउनु भएको थियो ।


भिडियो






