Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

वडाअध्यक्षसहितको टिम नै विद्यार्थी बनेर बसेपछी

सुर्खेत ।
जुम्ला जिल्लाको हिमा गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेको विद्यालयहरुमा अंग्रेजी शिक्षा लागु गर्ने बारेमा १३ औं गाउँसभाबाट नीति तथा कार्यक्रम नै पास गरेको थियो । जस अन्तर्गत वडा नं. १ देवारगाउँमा रहेको कालिका आधारभुत विद्यालयमा अंग्रेजी शिक्षा लागु गर्ने र त्यसबाट अन्य विद्यालयहरुमा समेत विस्तार गर्ने योजनाका साथ उक्त प्रस्तावलाई कार्यान्वयन गर्नका लागि यति बेला वडाअध्यक्षको टिम नै सिकाइका लागि अन्य विद्यालयहरुमा अध्ययन अवलोकन गरिरहेको छ ।

No description available.
जस अन्तर्गत वडाअध्यक्ष रतनबहादुर शाहीसमेतको टिम नै विद्यार्थीका रुपमा बसेर अध्ययन गरेको छ । वडाअध्यक्षसहित शिक्षा शाखा प्रमुख शंकर धिताल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोगन शाही, प्रधानध्यापक प्रेम हमाल र विद्यालयका अंग्रेजी धनबीरे सार्कीसमेत शिक्षक बनेर अध्ययन गरेका छन् ।

शिक्षाको विकास नभई अन्य क्षेत्रको विकासको आशा गर्नु व्यर्थ हुने भएकाले पालिकाले शिक्षा क्षेत्रलाई विशेष महत्वका साथ हेरेर अगाडि बढेको छ । जसका लागि हामी अभिभावक तथा समितिको तर्फबाट गर्नु पर्ने सहयोग गर्न सदैव तत्पर छौ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोगन शाहीले भने ।

No description available.
उनीहरुले भक्तपुरको बागेश्वरी नमुना मावि, मेधा नमुना मावि, चितवनको नारायणी नमुना मावि, कास्कीको अमरसिंह मावि, देउराली आवि र रुपन्देहीको कालिका मानवज्ञान माविमा अध्ययन अवलोकन गरेको वडाअध्यक्ष शाहीले बताए । उनले भने, ‘केवल गर्छौ भनेर मात्र हुँदैन गर्नका लागि देख्नुपर्छ, सुन्नुपर्छ र जान्नुपर्छ । त्यसैले प्रत्यक्ष रुपमा देखेरै शिक्षण सिकाइको पाटोलाई अगाडि बढाउने योजनाा साथ हामी विद्यालयको शैक्षिक उन्नतीका लागि अघि बढेका छौ ।’ शैक्षिक गुणस्तरलाई बढाउन सकेको खण्डमा विद्यार्थीको नजरमा आकर्षक विद्यालय बन्न सक्छ जसले गर्दा विद्यालयको भौतिक विकासका लागि अभिभावकहरु जागरुक हुनुहुन्छ शाहीले थपे ।

No description available.