Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

भायानेटले ल्यायो आकर्षक दशैँ अफर

भायानेटका अल्ट्रा–फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने

सुर्खेत ।
स्थापनाकालदेखि नै ग्राहकहरुको मन जित्न सफल भएको इन्टरनेट प्रदायक संस्था भायानेटले आकर्षक दशैं अफर ल्याएको छ । आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको हो । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिन्छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एम आई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् ।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्नेछ । ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.एराउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो ।

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्समात्र रु. ५००डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।

भायानेटको अल्ट्रा–फाई लाइनअप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागिअल्ट्रा–फाई लाइन अप विशेष मानिएको छ । अहिले चलिरहेको अल्ट्रा–फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रैवा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।
थप जानकारीका लागिः