Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

व्यावसाय दर्ता गर्न ३५ दिनको समय

बजार अनुगमन हुने

जुम्ला ।
जिल्लाको हिमा गाउँपालिका वडा नं. १ ले वडा भित्र व्यापार व्यावसाय गर्नेहरुलाई आधिकारिक रुपमा व्यावसाय दर्ता गर्न ३५ दिनको समय दिने भएको छ ।

No description available.
वडा अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले वडाभित्र व्यावार व्यावसाय गरेकाहरुले स्थायी लेखा नम्बर (प्यान) लिनका लागि ३५ दिनको समय दिने निर्णय गरेको वडा सचिव मृगेन्द्र हमालले जानकारी दिए । तोकिएको समयमा कार्य नगर्नेहरुलाई उद्योग वाणिज्य संघ जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यसका साथै वडा भित्र संचालन भइरहेका पसलहरुमा अनुगमन समेत गरिएको छ । दैनिक उपभोग्य बस्तुहरुको म्याद समाप्त हुने मिति तथा अन्य आवश्यक विषयमा स्वास्थ्य चौकी बड्की, प्रहरी चौकी बड्कीका प्रतिनिधि र वडा कार्यालयको संयुक्त टिमले बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा उपभोग्य मिति सकिएका केही बस्तुहरु फेला परेकाले त्यस्ता वस्तुको नष्ट गर्ने वा सम्बन्धित डिलरलाई फिर्ता गराउने बारे व्यावसायीलाई सचेत गराइएको वडाअध्यक्ष रतनबहादुर शाहीले बताए ।


अनुगमनमा वडाका सबै जनप्रतिनिधि र स्वास्थ्य चौकी तथा प्रहरी चौकी बड्कीका इन्चार्ज समेत सहभागी थिए ।