Loading... आजः ५ मंसिर २०८१, बुधबार । Wednesday 20th November 2024

कांग्रेसबाट सुर्खेतमा खड्का र थानीले पाए टिकट

सुर्खेत ।

नेपाली कांग्रेसले सुर्खेतबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वारको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीले टिकेट पाएका छन् ।

खड्का क्षेत्र नं.–१ बाट र थानी क्षेत्र नं.–२ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका हुन् । ०७४ मा यी दुवै जना नेता बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

प्रदेश सभातर्फ सुर्खेत–१, (क) मा खड्गप्रसाद पोख्रेल र सुर्खेत–२, (क) मा कालिप्रसाद शाक्यले टिकट पाएका छन् ।

पोखरेल कांग्रेस सुर्खेतका सभापति हुन् भने शाक्य कांग्रेसका पुराना नेता हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ सुर्खेतका दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ सुर्खेतक १ (क) र २ (क) मा उम्मेदवारी दिने गठबन्धन दलभित्र यसअघि सहमति बनिसकेको थियो ।