Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

बाँके २ बाट राप्रपाका धवल शमशेर जबरा विजयी

बाँके ।

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।