Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

अति विपन्न बालबालिकालाई कम्बल वितरण

सुर्खेत ।
अमेरिकामा रहेर नेपाली समाजसेवामा लागिरहेकी चेली जयन्ती थापाले अति विपन्न बालबालिकाहरुलाई कम्बल वितरण गरेकी छन् । सुर्खेतको लेखबेसी नगरपालिका वडा नं. ९ मा रहेको नेपाल राष्ट्रि आधारभूत विद्यालय पोखराभञ्ज्याङ्गमा अध्ययनरत अति विपन्न बालबालिकाहरुका लागि जाडोको समयमा न्यानोका लागि कम्बल वितरण गरिएको समाजसेवी जयन्तीका बुबा धर्मजंग थापाले बताए ।

No description available.
यस भन्दा अगाडि उक्त बालबालिकाहरुका लागि स्टेशनरीहरु समेत वितरण गरेकी जयन्तीले जाडोको समयमा बालबालिकाहरुका लागि कम्बल वितरण गरेकी हुन् । अति विपन्न बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्यमा समेत स्वस्फूर्त रुपमा सहयोग गर्दै आइरहेकी समाजसेवी थापाले ३० हजार बराबरको सामग्रीहरु वितरण गरेकी हुन् ।

यसैगरी सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लेकबेसी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष मानबहादुर सोमैले जयन्तीले गरेको महान कार्यले उदार भावना भएका र निस्वार्थी मन भएकाहरुलाई प्रेरणाको कार्य गरेको बताए । उनले भने, धन त कसले कमाएको हुन्छ वा हुँदैन भन्ने कुरा गौण हो तर त्यसलाई कहाँ र कसरी अनि कसका लागि प्रयोग गरियो भन्ने कुराले महत्व राख्दछ ।

No description available.
छोरी अमेरिकामा रहेकाले उनका आमा पार्वती थापा तथा बुबा धर्मजंग थापाले विद्यालयमै पुगेर सामग्रीहरु हस्तान्तरण गरेका हुन् । विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद पंगेनीले भने, जयन्तीको जस्तो निष्पक्ष समाजसेवा गर्न सक्ने मान्छेले नै अरुको दुःख बुझेका हुन्छन् । जुन निस्वार्थ भावनाले गरिएको सहयोग नै सच्चा सहयोग हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा शैक्षिक तालिम केन्द्रका पूर्व उपसचिव भोजराज शर्माले भने, शिक्षा आर्जन गर्ने समयमा विभिन्न अभावका कारण समस्यामा परेका बालबालिकाहरुलाई सहयोग गर्नु नै महान कार्य हो जुन जयन्ती थापा जस्ता समाजसेवीले गर्नका सकेकी छन् । त्यसैले उनी धन्यवादको पात्र छन् ।

सुर्खेत, कैलाली, चितवन, रुकुम पश्चिमलगायतका जिल्लाहरुमा जयन्तीले गर्दै आएको सहयोगको कारण पछिल्लो समयमा जहाँ अतिविपन्न बालबालिका त्यहाँ जयन्ती थापा भन्ने नारा नै बनिसकेको छ । उनले विभिन्न विद्यालयहरुमा अक्षयकोषको स्थापनादेखि अतिविपन्न बालबालिकाहरुको पढाईको समेत जिम्मा लिएकी छन् ।