Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

पत्रकारिताको विश्वसनीयतामाथि ख्याल गरौं : राष्ट्रपति भण्डारी

सुर्खेत ।

राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गरेकी छन् ।

शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको छ, छैन भनेर विचार गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’