कलाकृर्तिमा उत्कृष्ट ३३ भित्र पर्न सफल सुर्खेतका दिपक चन्द
सुर्खेत ।
दशौं राष्ट्रिय पोसाक तथा टोपी दिवसको अवसर पारेर विश्व हिन्दु युवा संघ, ललितकला विभागले राष्ट्रिय चित्रकला प्रतियोगिता २०७९ को उत्कृष्ट ३३ भित्र सुर्खेतका दिपक चन्द पनि पर्न सफल भएका छन् । प्रतियोगीतामा सामेल भएका कलाकारहरुको कलाकृर्तिहरु र कलाकारहरुको नाम घोषणा भएसँगै सुर्खेतका दिपक चन्द ३३ भित्र पर्न सफल भएका हुन् ।

‘गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान’ शिर्षकमा प्राप्त कलाकृतिहरूलाई नौ जना निर्णायकहरु रबिन कोइराला, महेश आचार्य, नगेन सिंह, ज्योति प्रकाश, मन गुरुङ, ढाका भट्टराई, बिक्रम शिशिर, श्याम श्रेष्ठ र गोपी श्रेष्ठ रहेका थिए ।
सोसल मिडिया अन्तर्गत फाइनआर्ट फेसबुक नेशनल अवार्ड ललितकला फेसबुक राष्ट्रिय पुरस्कार तर्फ तिनै तहका उत्कृष्ट ९ कलाकृर्तिहरु र कलाकारहरुको नाम प्रकाशित गरेको हो भने बाकी चार सोसल मिडिया अवार्ड पब्लिक भोटिङ्गबाट हुनेछ । जसका लागि २०७९ माघ १५ गतेसम्मको समय सीमा राखिएको विश्व कला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिए ।
उत्कृष्ट ३३ कलाकृर्तिहरु र कलाकारहरुमा खुल्ला कलाकार तह ( गोपाल ओझा (पाँचथर), सरुना देवि महर्जन (ललितपुर), सुरज सुवेदी (बाके), दिपक चन्द (सुर्खेत), रोजन खड्का (ललितपुर), अर्जुन परियार (बाग्लुङ्ग), डा. खेम राज मल्ल (दाङ) र कृष्ण कुमार श्रेष्ठ (सुनसरी) । क्याम्पस तह अभिक्क्षा तामाङ (धनकुटा), भगवत वुढाथोकी (रामेछाप),नरेश सिंह विष्ट (दार्जुला), रूपक राई (सुनसरी), अनुस्का बराल (कास्की), मोनिका श्रीस (बुटवल), अन्शु चन्द (बांक) र आयुष बटाजु (कास्की) । विद्यालय तह रिज श्रेष्ठ (सर्लाही), यशोविना कार्की (धनकुटा), नज्योशा सिंह ठकुरी (कास्की), आयुस्मा पाण्डे (रुपेन्देही), सुभब न्यौपाने (रुपेन्देही), प्रियंका गुरुङ (कास्की), निर्णाण बराल (कास्की) र दिपा केशरी (रुपेन्देही) । ललितकला फेसबुक राष्ट्रिय पुरस्कार २०७९ सरुना देवि महर्जन ( ललितपुर), अर्जुन परियार (बाग्लुङ्ग), डा. खेम राज मल्ल (दाङ), मिक्सेन लिम्बु (धनकुटा), स्मीबुङ राई (सोलुखुम्बु), सुजन सिंह (स्याङ्जा), भूषण राज राज भण्डारी (कास्की), नरेश सिंह विष्ट (दार्जुला) र मोनिका श्रीस (बुटवल) रहेका छन् ।
पुरस्कार वितरण समारोह २०७९ फागुन ६ गते महा शिवरात्रीका दिन मृगस्थली, काठमाण्डौमा हुने बिश्व हिन्दु युवा संघको अध्यक्ष ऋषिकेष जंग शाहले बताए ।








