Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

दलित वर्गका महिलाका लागि नेतृत्व विकास तालिम

सुर्खेत ।
दलित महिला सञ्जाल वीरेन्द्रनगर १२ को आयोजना तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ को आर्थिक सहयोग र समन्वयमा दलित वर्गका महिलाहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

No description available.
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ भित्र रहेका विभिन्न टोलका लक्षित वर्गहरुलाई मध्यनजर गरी तालिमको आयोजना गरिएको सञ्जालका अध्यक्ष कल्पना वि.क.ले जानकारी दिइन् । राज्यले महिलाहरुलाई समान सहभागीताको नाममा मात्र सिमित गरेको बताउँदै अध्यक्ष वि.क.ले भनिन्, अझ त्यसमा पनि दलित महिलाहरुलाई अवसरबाटै बञ्चित गर्ने गरिएको छ ।

No description available.
तालिमको उद्घाटन सत्रमा बोल्दै वडा नं. १२ का वडाअध्यक्ष चुडामणी चपाईले भने, जातीयताका रुपमा हुने सम्पूर्ण विभेदहरु हट्नु पर्छ । जसका लागि दलित महिलाहरुको क्षमतामा पनि बृद्धि हुन आवश्यक भएकाले यो तालिमको संचालन गरिएको हो । उनले थपे, तपाईहरु केवल तालिमका लागि तालिम नभएर यहाँ सिकेका कुराहरु आफ्नो घरपरिवार देखि टोल समाजमा समेत लागु गर्ने गरी लाग्न आवश्यक छ । जबसम्म आफै जागरुक बन्न सकिदैन तबसम्म अधिकारका नाममा गरिने कार्यहरु केवल नारामा मात्र सिमित हुने भएकाले सिकेका कुराहरुलाई व्यबहारमा उतार्न आवश्यक छ ।

वीरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य यमुना नेपाली, वडा सदस्य सन्तबहादुर सारु, गंगाराम लामीछाने, पूर्ण प्रसाद पौडेल, वडा नं. १२ का सचिव उत्तम अधिकारीसहितको उपस्थिति रहेका उक्त तालिममा मधुरानी ढकाल, इन्द्रप्रसाद अधिकारी र प्रतिमा परियारले सहजिकरण गरेका थिए ।