Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

टिकापुर साहित्य महोत्सव हुँदै

सुर्खेत ।
कैलालीको टिकापुरमा साहित्य महोत्सव हुने भएको छ । यही चैत्र २५ देखि २७ सम्म संचालन हुने महोत्सवमा विभिन्न सत्रहरु संचालन हुने आयोजक टिकापुर साहित्य समाजले जनाएको छ ।

महोत्सवको पहिलो दिन चैत्र २५ गते साहित्यमार्फत सामाजिक सदभाव (विद्वत प्रवचन) मा सिके लालले प्रचवन दिनेछन् भने साहित्य किन लेख्ने ? किन पढ्ने शीर्षकमा केशव दाहाल, बुद्धिसागर र शिवानी सिंह थारु वक्ताको रुपमा रहेका छन् भने त्यसको सहजकर्ताको रुपमा दीपक सापकोटा रहेका छन् । यसैगरी बैकिनीका आँसुमा डुब्छ, सुदुरपश्चिमको धर्ती शीर्षकमा उमा बादी, उन्नती चौधरी र कल्पना भट्ट वक्ताका रुपमा रहने छन् भने आरती चटौत सहजकर्ताको रुपमा रहने छन् । पाठकको रोजाईमा उपन्यास नै किन ? शीर्षकमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदी वक्ताको रुपमा रहने छन् भने यज्ञश सहजकर्ताको रुपमा रहने छन् ।

आख्यानमा पहिचानका मुद्दा शीर्षकमा अर्चना थापा, फूलमान बल र राजेन्द्र विमल वक्ताको रुपमा रहेका छन् भने गुरुङ सुशान्त सहजकर्ताको रुपमा रहेने छन् । यद्यकविताको शक्ति शीर्षकमा श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाह वक्ताको रुपमा रहेका छन् भने नविन अभिलाषीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । बाटो बिराएको आजको शिक्षा शीर्षकमा डा. सञ्जीन उप्रेती र प्राडा. भारती जोशी वक्ताको रुपमा रहने छन् भने घनश्याम खड्काले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

यसैगरी चैत्र २६ गते अर्थात महोत्सवको दोस्रो दिन हाम्रो देशको प्रधानमन्त्री कस्तो हुनुपर्छ ? शीर्षकमा माध्यममिक तहका विद्यार्थीहरु वक्ताको रुपमा रहेका छन् सहजकर्तामा पनि माध्यमिक तहका विद्यार्थीहरु नै रहने आयोजकले जनाएको छ । त्यो टीकापुर, यो टीकापुर र भोलिको टीकापुर विषयमा थम्बराज श्रेष्ठ, धनञ्जय तिमिल्सिना र बलबहादुर रावल वक्ताको रुपमा रहेका छन् भने मातृका तिमिल्सिनाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । आख्यानमा स्थानीयताः रहर, बाध्यता वा जिम्मेवारी ? शीर्षकमा रनत रेग्मी, श्याम साह, बिना थिङ तामाङ वक्ताको रुपमा रहेका छन् भने शेखर दहितले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ ? शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व उपप्रधानमन्त्री भीम रावल वक्ताको रुपमा रहेका छन् भने समा थापाले सहजकर्ताको रुपमा रहनेछन् । गैरआख्यानको पदचापः सुस्त कि चुस्त ? शीर्षकमा रजनी ढकाल, गीता त्रिपाठी, कुमारी लामा र युवराज नयाँघरे वक्ताका रुपमा रहेछन् भने राजकुमार बानियाँ सहजकर्ता रहने छन् । पुरस्क परिचर्चाः एैँठन, विवेक ओझा शीषकमा नयनराज पाण्डे र केशव दाहाललाई वक्ताका रुपमा राखिएको छ । टीकापुरबाट उदाएको उद्यमी शीर्षकमा कालु हमाल, लक्ष्मण न्यौपाने र टेकरोज रेग्मी वक्ताका रुपमा रहेछन् भने दीर्घराज उपाध्यायले सहजकर्ताको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

यसैगरी महोत्सवको तेस्रो दिन म र मेरो शिक्षा शीर्षकमा वक्ता तथा सहजकर्ताका रुपमा माध्यमिक तहका विद्यार्थीहरु रहने छन् भने नेपाली साहित्यमा सुदूरपश्चिम कहाँ छ ? शीर्षकमा टीएन जोशी, विवेक ओझा र जनक रसिक वक्ताको रुपमा रहेका छन् भने राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताईएको छ । सुदूरपशिचम विकासमा किन सधैं पछाडि ? शीर्षकमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाह, पूर्वसचिव अनुप उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट वक्ताको रुपमा रहेका छन् भने प्रशान्त अर्थात सहजकर्ताको रुपमा रहेका छन् ।

गसैगरी कुन सबल ? थारु लेखक कि थारु पात्र शीर्षकमा कृष्णराज सर्वहारी, रामलाल जोशी र बालिका चौधरी वक्ताको रुपमा रहेका छन् भने शेखर खरेलले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । बदलिँदो स्थानीय समाजः सहज कि असहज ? शीर्षकमा लालवीर चौधरी, रणबहादुर रावल र विलाल चौधरी वक्ताको रुपमा रहनेछन् भने समा थापा सहजकर्ताको रुपमा रहनेछन् । नेपाली नाटक मञ्चनः विगतमा वर्तमान शीर्षक अशेष मल्ल, निशा शर्मा तथा सरिता गिरी वक्ताको रुपमा रहेनेछन् भने सरस्वती चौधरीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् र सबल स्थानीय सरकारः विकासको मूल आधार शीर्षकमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपी हमाल, टीकापुर नगरपालिकाका रामलाल डँगौरा थारु, लम्कीचुहा नगरपालिकाका सुशीला शाही र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी वक्ताको रुपमा रहने छन् भने रमा चन्द सहजकर्ताको रुपमा रहनेछन् ।

महोत्सवमा गजल संध्या कार्यक्रम, काव्य संध्यालगायतका कार्यक्रम रहेका अयोजकले जनाएको छ । टीकापुर महोत्सवका महोत्सव संयोजक साहित्यकार महेशविक्रम शाह र संयोजक बाबु देवकोटा रहेका छन् ।