Loading... आजः १७ असार २०८३, बुधबार । Wednesday 1st July 2026
ताजा खबर
  

राजाको नागरिक अभिनन्दन हुँदै

सुर्खेत ।
यही जेठ १३ गतेका दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको नागरिक अभिनन्दन हुने भएको छ ।


नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीका अनुसार जेठ १३ गते दिउँसो २ बजे सुर्खेतको घण्टाघर पश्चिम तर्फको चौरमा एक कार्यक्रमका बीच राजाको अभिनन्दन हुन लागेको हो ।

यो अभिनन्दन कुनै पनि राजनीतिक दलको नभई विशुद्ध नागरिकहरुको तर्फबाट हुने भएकाले सबैको साथ र सहयोग रहनेमा विश्वस्त रहेको संयोजक गिरीले बताए ।

राजाले सुर्खेतको विकासका लागि गरेको योगदान अनि इच्छाशक्तिले आजको सुर्खेत यो अवस्थामा आएको बताउँदै राजाले सुर्खेतलाई सुन्दर शहर बनाउन चाहेको तर राजनीतिक परिवर्तनका कारण परिस्थितिले अर्कै मोड लिएको गिरीको भनाई थियो ।