Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

फिस्टुला सेन्टर सुर्खेतबाट स्तरीय सेवा प्रवाह

२३ मे मा फिस्टुला दिवस मनाइँदै

सुर्खेत ।
फिस्टुला सेन्टर सुर्खेतले स्तरीय सेवा प्रवाह गरिरहेको छ । फिस्टुलाका बारेमा जानकारी दिने उद्देश्यले सुर्खेतमा गरिएको सञ्चारकर्मीसँगको अन्तरक्रियामा फिस्टुलाको क्षेत्रमा स्तरीय सेवा प्रवाह गर्न सकेको बताउँदै फिस्टुला उपचार केन्द्रका फिस्टुला सर्जन डा. सेर्ली हेउडले फिस्टुला हुने कारणकाहरुका बारेमा जानकारी दिइन् ।

No description available.
उनले भनिन्, लामो र कठिन सुत्केरी व्यथापछि महिलाहरुको योनीमार्गबाट लगातार पिसाब, दिसा वा दुबै चुहिरहने अवस्था प्रसव फिस्टुला हो । महिलाहरुको योनीमार्ग अगाडि पिसाबथैली हुन्छ भने पछाडि दिसाथैली वा मलाशय हुन्छ । योनीमार्ग, पिसाब थैली र मलाशय बीच एक आपसमा जोडिने कुनै प्वाल हुँदैन । लामो समयसम्म प्रशव व्यथा लाग्दा शिशुको टाउकोले आमाको योनीमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार धेरै समयसम्म च्याप्दा वा थिच्दा त्यसमा प्वाल पर्न सक्छ ।

No description available.

यसरी बन्ने प्वाललाई प्रसव फिस्टुला भनिन्छ । फिस्टुला भएका महिलाहरु शारीरिक मात्र नभई मानसिक तथा सामाजिक समस्याबाट समेत पीडित भैरहेका हुन्छन् । सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थकर्मीबाट सुत्केरी गराउने चलनमा बृद्धि भएसँगै फिस्टुलाको समस्यामा कमी आउनु पर्नेमा कतिपय अवस्थामा सर्जरी पछि पनि फिस्टुला हुने डा. सेर्लीको भनाई थियो । प्रसव फिस्टुला हुँदा पिसाबथैली र योनीमार्गबीच प्वाल बन्न जान्छ । यस्तो अवस्थामा महिलाकोे योनीमार्गबाट पिसाब लगातार चौबिसै घण्टा बगिरहन्छ÷चुहिरन्छ । यदि योनीमार्ग र मलाशय बीचमा पनि प्वाल बनेको छ भने योनीमार्गबाट दिसा पनि निस्किन्छ । यसरी योनीमार्गबाट निरन्तर रूपमा पिसाब, दिसा वा दुवै चुहिरहने हुन्छ । फिस्टुला भयो भन्दैमा डराउन नहुने तर समयमा नै उपचारका लागि आउन उनले आग्रह समेत गरिन् ।

No description available.
लामो समयसम्म वेथा लाग्नु, शल्यक्रिया वा औजार प्रयोग गरी प्रसुति गराउँदा वा अन्य शल्यक्रिया गर्दा दुर्घटनावश प्वाल पर्नु, बलपूर्वक यौनसम्पर्क राख्दा वा अन्य कारणबाट योनीमा चोटपटक लाग्नु, योनीमा जटिल सङ्क्रमण वा क्यान्सर हुनु आदि कारणहरु हुन् ।

प्रसव फिस्टुलाको उपचार सुविधायुक्त अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सकबाट शल्यक्रियाद्वारा गर्न सकिन्छ जो सुर्खेतको फिस्टुला सेन्टरमा उपलब्ध छ ।

No description available.
शल्यक्रिया गरेर फिस्टुलाको उपचार गरेपछि समय–समयमा पुनः जाँच गराउनु, कम्तीमा ६ महिनासम्म यौनसम्पर्क नगर्नु, कम्तीमा २ वर्षसम्म गर्भ रहन नदिनु, गर्भवती भएपछि नियमित गर्भजाँच गराउनु पर्दछ र सुविधायुक्त स्वास्थ्य संस्थामा शल्यक्रिया गरेर मात्रै प्रसुति गराउनु पर्ने फिस्टुला सर्जन डा. शुभेच्छा श्रेष्ठले बताइन् । यसका साथै उनले भनिन् गर्भवती हुँदा कम्तीमा ४ पटक नियमित गर्भ जाँच गराउनुपर्छ, प्रसुति सेवाको लागि स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसुति गराउनुपर्छ, प्रसुति सेवाको लागि उचित स्वास्थ्य संस्थामा जान ढिलो गर्नुहुँदैन र ८ घण्टाभन्दा बढी लगातार व्यथा लागेमा तुरुन्तै शल्यक्रिया सुविधा भएको अस्पतालमा जानुपर्छ । यतिमात्र नभई कम्तीमा २० बर्ष उमेर नपुगी बिवाह गरी दिनुहुँदैन, कम्तिमा २० बर्ष उमेर नपुगी गर्भधारण गर्नु हुँदैन, समस्याबाट पीडित महिलाहरुलाई हेयको दृष्टिले नहेरी समयमानै उपचार गराउन सहयोग गर्नुपर्दछ ।

May be an image of 5 people, people smiling, people studying, hospital and text

आफ्नो परिवार तथा छिमेकी कसैलाई प्रसव फिस्टुलाको समस्या भएमा वा शङ्का लागेमा आवश्यक सेवा र सल्लाहका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ । प्रसव फिस्टुलाको शल्यक्रिया उपचार सुर्खेतको प्रदेश अस्पतालसँगै रहेको फिस्टुला सेन्टरमा निशुल्क गरिन्छ ।

No description available.
यसका साथै फिस्टुलाको २० वर्षको उपलब्धी प्रर्याप्त छैन, सन् २०३० सम्ममा फिस्टुलाको अन्त्यका लागि आजै दृढ संकल्प गरौ भन्ने नाराका लागि यस वर्षको फिस्टुला दिवस प्रत्येक वर्ष झै २३ मे ( भोली) मा मनाइँदैछ । अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेश अस्पतालका नि. निर्देशक डा. गणेश थापाको अध्यक्षतामा भएको थियो ।