Loading... आजः २८ बैशाख २०८१, शुक्रबार । Friday 10th May 2024

कालीगण्डकीको आरती-भजन विमोचन (भिडियोसहित)

सुर्खेत ।

पहिलो पटक बनेको कालीगण्डकीको आरतीलाई शब्द कौतुकी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।कालीगण्डकी गुरुकुलम् पाल्पाद्वारा आयोजना गरिएको संस्कृतभाषाभ्यास : कार्यक्रम शुभारम्भको अवसरमा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संस्थापक चैतन्यकृष्ण प्रभुले विमोचन गर्नुभएको हो ।

No description available.

धर्म,संस्कार , संस्कृति र ऋषिपरम्पराको संरक्षणका लागि अभियान चलाइरहनु भएका चैतन्यकृष्ण ज्युले विमोचन कार्यक्रममा बोल्नुहुँदै आरतीको शास्त्रीय , वैज्ञानिक एवं व्यवहारिक पक्षमाथि प्रकाश पार्नुभयो । साथै , कालीगण्डकीको महिमा, शालग्रामको महत्त्वमाथि प्रकाश पार्नुहुँदै प्राचीन धार्मिक ग्रन्थहरूमा भागीरथी गंगालाई भन्दा पनि माथिल्लो श्रेणीमा कालीगण्डकीलाई राखिएको कुरा प्रष्ट पार्नुभयो । यिनै आध्यात्मिक ,भौतिक ,धार्मिक , सांस्कृतिक ,सामाजिक तथा आर्थिक जुन दृष्टिकोणबाट हेरे पनि महिमा सम्पन्न कालीगण्डकीको आरती बनेकोमा आफू निकै हर्षविभोर भएको कुरा व्यक्त गर्नुभयो ।

उहाँले उत्तरवाहिनीको पवित्रतटबाट जीवनदायिनी कालीगण्डकीको नित्य आरती सुरुभएको र अब कालीगण्डकीको अन्य तटबाट पनि नित्य आरती हुनुपर्छ र हुनेमा पनि विश्वास समेत व्यक्त गर्नुभयो । आरतीमा स्वर राधिका भण्डारीको रहेको छ भने शब्द रचना दिवाकर पौडेलले गर्नुभएको छ । संगीत संयोजन बच्चा सिंहको रहेको छ भने यसको अडियो मिक्सिङ तथा रेकर्डिङ कुमार के.सी.ले गर्नुभएको हो। उक्त आरतीको दृश्यचित्रमा भिडियो निर्देशन, छायांकन तथा सम्पादन हरिकृष्ण रेग्मीले गर्नुभएको छ ।

मुक्तिनाथ आरती पछि कालीगण्डकीको आरती-भजनलाई सर्जक स्वयंले निर्माण गर्नुभएको हो । यस म्युजिक भिडियोको छायांकनका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू मदनराज न्यौपाने ,विश्वराज सापकोटा , धनीराम ढकाल ,गोविन्दराज गौतम र सहदेव न्यौपानेले कालीगण्डकीको पवित्र तट कागबेनी र उत्तरवाहिनी क्षेत्रमा महाआरती गर्नुभएको थियोे । कालीगण्डकी गुरुकुलम् का प्रधान्याध्यापिका दुर्गा कंडेल वस्याल ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गुरुकुलम् का बटुक प्रशान्त अधिकारीले गर्नुभएको थियो ।