Loading... आजः ४ भाद्र २०८३, बिहीबार । Thursday 20th August 2026

लोकप्रिय बन्दै पिकलबल : सुर्खेतमा पिकलबल प्रशिक्षण सम्पन्न

सुर्खेत
पछिल्लो समय अमेरिका तथा युरोपमा लोकप्रिय खेल ‘पिकलबल’ नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।  आइतबार कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत स्थित खेल मैदानमा एक दिने पिकलबल खेल प्रशिक्षण तथा प्रदर्शन सम्पन्न भएको छ।
No description available.
पिकलबल एसोसिएसन सुर्खेतको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा विभिन्न क्लबका खेलाडीहरु सहभागी थिए।  कार्यक्रम पछि खेलाडीहरुले ‘पिकलबल’ खेल नेपाल जस्तो देशमा सम्भावना बोकेको बताउँदै आगामी दिनमा पिकलबल नियमित प्रशिक्षण गर्ने बताए। यसैगरी पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले कर्णाली जस्तो अनेकौं संभावना बोकेको पर्यटकीय क्षेत्रमा नियमित पिकलबल खेल सुरु हुनुले नेपालमा पिकलबल खेलको विकास तथा खेल पर्यटनको प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए।
No description available.
पिकलबल एशोसियशन नेपालका महासचिव जनक फडेराले खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए। नेपालमा ‘पिकलबल’ प्रति नयाँ खेलाडीहरुको आकर्षण समेत बढ्दै गएको देखिन्छ।