Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

नून सहज उपलब्ध गराउन यस्तो निर्णय ग¥यौ : वडाअध्यक्ष शाही

जुम्ला ।
यतिबेला जुम्लामा नून अभावको कारण विभिन्न समस्याहरु भइरहेका छन् भने उपभोक्ताहरुले डिपो मै ढुङ्गा मुढा गरिदिएका छन् । यस्तो बेलामा आफ्नो वडाका वासिन्दाहरुलाई नून सहज उपलब्ध गराउनका लागि हिमा गाउँपालिका वडा नं. १ ले आफैले नून वितरण गर्ने निर्णय गरेको छ ।

वडा नं. १ का तीन वटै टोलहरुमा नून सहज उपलब्ध गराउनका लागि नाराकोट डिपोबाट वडा कार्यालयसम्म लाग्ने ढुवानी खर्च वडा कार्यालयले नै व्यहोर्ने र प्रत्येक टोलमा नून वितरण गर्ने निर्णय गरेको वडाअध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए ।

जनता नून नपाएर विहानदेखि लाइनमा सास्ती खेपिरहेका बेला हामी टुलुटुलु हेरेर बस्नु त भएन नि भन्दै वडाअध्यक्ष शाहीले भने कठिन परिस्थितिमा साथ र सहयोग होला भनेर जनताले हामीलाइ प्रतिनिधि बनाएका हुन् त्यसमा साथ दिन तयार थियौ, छौ र रहनेछौ ।

त्यसैले नून वडा कार्यालयबाटै टोल टोलका लागि वितरण गर्छौ । जसले गर्दा नून वितरणमा सहज हुने विश्वास लिएका छौ उनले भने ।