Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

भायानेटले ल्यायो अविश्वसनीय छुटको अफर

सुर्खेत ।
नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबिपिएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गर्दै अविश्वस्नीय छुटको अफर ल्याएकोछ । यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ । भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps  इन्टरनेटको मज्जा लिन सक्ने छन् । जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो । यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ ।


यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ । वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०% सम्म छुटका लागि योग्य हुनेछन् । त्यसैले यस अभियानको नाम ‘चाडमा चौका’ राखिएको छ ।

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन् । चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन् । दशैंको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ । भायोनेटका अनुसार यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरूमा अल्टिमा वायरलेस इयरबड्सः भ्याटसहितको मूल्य रू. १२२५ सम्ममा उपलब्ध छ भने हिमस्टार ४३ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रु २७,५०० सम्ममा उपलब्ध छ । हिमस्टार ५५ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ भने हिमस्टार रेफ्रिजरेटरः भ्याटसहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ । यसैगरी हिमस्टार वाशिङ मेसिनः भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ ।

मङ्सिर ९ गतेसम्मको समय सीमा तोकिएको यो अविश्वसनीय अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ । भायानेट सबैभन्दा उत्कृष्ट सम्भावित मूल्यमा सबैभन्दा राम्रो डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने आफ्नो मिशनद्वारा संचालित छ । भायानेट नेपालमा एक अग्रणी इन्टरनेट र टिभी समाधान प्रदायक हो र आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै उपयोगको लागि नयाँ र नवीन इन्टरनेट समाधान प्रदान गर्दै आएको छ । इन्टरनेट योजनाहरूको बारेमा थप जानकारीको लागि यो ठेगाना http://www.vianet.com.np/chadmachauka2080  मा भिजिट गर्न सकिन्छ ।