Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

वीरेन्द्रगरमा आमा सेमिनार हुँदै

सुर्खेत । मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार कार्यक्रमको आयोजना गरेको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्दार, राहत तथा संरक्षण गर्दै आएको आश्रमले पहिलो पटक आमाबुबाको महत्व र महिमा बोध गराउने उद्देश्यले शनिबार वीरेन्द्रनगरमा आमा सेमिनार कार्यक्रमको आयोजना गरेको हो ।

जननीको महिमा बोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउने सेमिनार आयोजना गरिएको आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले बताईन् । आमा सम्मेलनले मानव सेवाका लागि प्रेरित गर्दै व्यक्तिमा सृजनशीलता, रचनात्मकता, सामाजिक मूल्यमान्यतासहित सकारात्मक सोचको विकासका लागि पथप्रदर्शन गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

उनका अनुसार वीरेन्द्रनगर स्थित सिद्धार्थ होटलमा हुने सम्मेलनमा ५ सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण दिने छन् ।