Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

दाताहरुकै भरमा मानवसेवा आश्रमः २०८० भित्रै भवन निर्माण कार्य शुभारम्भ हुने

सुर्खेत ।
घर परिवार वा आफन्त विहिन भई वा परित्यक्त भइ सडकपेटी तथा सार्वजनिक स्थानरुमा कष्टकर जीवन विताइरहेका लागी मानवसेवा आश्रम धर्तीकै स्वर्गको रुपमा परिचित बन्ने गरेको भएपनि अहिलेसम्म दाताहरुकै भरमा निर्भर रहनु परेको छ । सरकारले गर्नुपर्ने काम एउटा संस्था मार्फत भइरहेकोमा सरकारी निकायबाट पाउनु पर्ने सहयोगहरु प्रयाप्त मात्रामा पाउन नसकेका कारण आश्रम अहिलेपनि दाताहरुकै भरमा निर्भर रहनु परेको हो ।


आश्रमको कर्णाली प्रदेश अन्तर्गत जिल्ला शाखा सुर्खेतले गत आ.व. तथा चालु आ.व.को पौष मसान्तसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा २०८० साल भित्रै जग्गा प्राप्त गरी भवन निर्माणको कार्य शुभारम्भ गरिने बताइएको छ । दाताहरुको सहयोगबाट चलिरहेको आश्रमले आफ्नै भवन निर्माण गर्न सकेको खण्डमा वार्षिक ७ लाख भन्दा बढि रकम जोगिन सक्छ ।
गत आर्थिक वर्ष मा ९ लाख ४ हजार १५० र चालु आर्थिक वर्षको पौष मसान्तसम्म मोटामोटी ६ लाख ६९ हजार ८३० रुपैयाँ घाटामा रहेको मानवसेवा आश्रमसँग विभिन्न चुनौतिहरु पनि रहेका छन् । विशेष गरी ‘गुणस्तरीय सेवा प्रवाहको लागि एक आश्रित बराबर मासिक औसतमा रु. १५,०००÷– खर्च आवश्यक हुन्छ । यस अनुपातमा हाल उपलब्ध सहयोग आवश्यकताको आधारमा धेरै कम छ । एकातिर स्रोतको अभाव र अर्कोतिर सेवालाई गुणस्तरीय बनाउन चिन्तन गर्नुपर्ने समय दाता खोज्न र खुशी पार्न व्यतित गर्नुपर्ने बाध्यात्मक अवस्थाले सेवा गुणस्तर चाहे जस्तो बनाउन सकिएको छैन । सहयोगापेक्षी सडकआश्रीत मानवमुक्त कर्णाली प्रदेश २०७६ साल माघ ४ गते घोषणा भईसकेको छ । घोषणा भएको चार वर्ष वितिसक्दा पनि हालसम्म प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । उद्धार, उपचार, पारिवारीक पुर्नमिलन र अत्यावश्यक सामाग्रीहरु ओसारपसार गर्न उद्धार तथा सेवाका लागी एक मात्र वाहन हुँदा अपेक्षित लक्षित वर्गले समयमै सेवा प्राप्त गर्न सकिरहेका छैनन् भने सेवा प्रवाहमा कहीं न कहीं समस्या भइरहेको छ । हाल ४०–४५ जनाको क्षमता भएको घरवाट ९० जनालाई सेवा दिनुपर्दा सेवामा गुणस्तरियता कायम गर्न सकिएको छैन । सहयोगापेक्षी सडक आश्रित वेशाहारा मानव भन्दा पनि माग्ने लाई पेशा बनाएर स्वच्छन्द जिवन जिउने व्यक्तिहरु सडकमा भएको हुदाँ वास्तविक सहयोगापेक्षीको पहिचानमा समस्या हुने गरेको’ चुनौतिहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै आश्रमका सुर्खेत इन्चार्ज सुजन गौतमले यस्तो बताएका हुन् ।


गौतमले भने, ‘सहयोगाापेक्षी सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको पूर्ण रुपले कार्यान्वयन गर्न प्रदेश सरकार, स्थानीय सरकार र प्रशासनलाई विशेष अनुरोध गरिरहने र सरकारको सहयोगीको रुपमा सेवा गरिरहने भावी योजना छ । यसैगरी ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणाका लागि मानवसेवा आश्रमले निकट भविष्यमा नै सुभारम्भ गर्न लागेको कल सेन्टरसँग समन्वय रहनेगरी प्रदेश स्तरीय आवश्यक जनशक्ति र उद्धार वाहन सहितको क्वीक रेस्पोन्स टिम सञ्चालनमा ल्याइनेछ । मानवसेवा आश्रम शाखा कार्यालय सुर्खेतको दिगो सेवा व्यवस्थापनका लागी आजीवन भोजनसेवा योगदान दाताहरुको संख्या ३६५ जना पुरÞ्याउन सक्दो प्रयास गरिनेछ । प्रदेश सरकार र स्थानीय तहसँगको सम्बन्धलाई थप सुमधुर बनाई साझा उद्देश्य प्राप्तीका लागि संयुक्त प्रयास गर्ने । सम्पूर्ण स्थानीय पालिकाहरुको कार्यपालिका बैठकमा ३० मिनेट समय माग गरि वा जिल्ला स्तरिय कार्यक्रम आयोजना गरि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारीक पुनर्मिलनमा सरोकारवाला निकायको भूमिका र गर्न सकिने प्रयासहरु विषयक अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने । जनजनमा मानवताको विजारोपण गर्न विभिन्न स्कुल, कलेज, कार्यालय, संघसंस्थाहरुमा असल र चरित्रवान नागरिक, प्रशासक र जनप्रतिनिधि निर्माण गर्न, मानवअधिकार र मानवतामैत्री समाज निर्माण गर्न नियमितरुपमा सकारात्मक सोच र जीवनशैली निर्माण, तनाव व्यवस्थापन, खुशी एक कला विषयक मानवता प्रवर्द्धनका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने । हाल आश्रमको संरक्षणमा रहेका, सुधार भई सामान्य श्रम गर्न सक्ने अवस्थामा रहेका र पारिवारीक पुनर्मिलन सम्भव नभएका आश्रित दाइ दिदी आमा बुवाहरुलाई समेत स्वास्थ्य लाभ (अक्यूपेशन थेरापी) हुनेगरी परनिर्भरतालाई कम गर्दै आत्मनिर्भर वन्न कृषि कर्म (खेती) का लागि लिज वा प्रयोगका लागि जग्गा प्राप्त गर्न पहल गरिने छ । विभिन्न स्वावलम्बनका उपायहरु खोजि हाल भइरहेको खर्च कम हुने अवस्था सृजना गर्न वा आयआर्जनको बाटो पकडून हरसम्भव प्रयत्न गरिने छ । हाल सञ्चालित आश्रमको क्षमता विकास र गुणस्तर अभिवृद्धि गर्ने । चौमासिक रुपमा आश्रमको सेवा विवरण र आयव्यय विवरण सार्वजनिक गरी सरोकारवाला निकायहरुम पेश गर्ने । भवन निर्माण सेवा सहज तरिकाले अगाडी वढाउन आर्थिक संकलनका विभिन्न अभियाानहरु सञ्चा गर्ने । उद्धार र पारिवारिक पुर्नमिलन सेवालाई प्रभावकारी रुपमा अगाडी बढाईने’ योजनाहरु समेत भावी योजनामा समेटिएका छन् ।
यसैगरी आर्थिक प्रतिवेदनमा गत आ.व. मा ८१ लाख ३४ हजार ९७ रुपैयाँ आम्दानी भएकोमा ९० लाख ३८ हजार २४७ खर्च भएको र ९ लाख ४ हजार १५० घाटा तथा अपुग भएको तथा चाल आ.व. को पौषसम्म २३ लाख ६७ हजार ८२१ आम्दानी भएकोमा ३० लाख ३७ हजार ६५१ खर्च भएको र ६ लाख ६९ हजार ८३० घाटा तथा अपुग भएको बताईएको छ ।


मानवसेवा आश्रमले हालसम्म १९० पुरुष र १३४ महिला गरी ३२४ को उद्दार गरेको छ भने ६९ पुरुष तथा ६४ महिला गरी १३३ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । यसैरी आश्रममा रहेका १६ पुरुष र १२ महिला गरी २८ जना दिवंगत भएका छन् भने ४० पुरुष र १३ महिलाले अल्पकालिन सेवा लिएका छन् । सामुदायिक पुनस्र्थापना भई स्वावलम्वी जीवन निर्वाह गर्नेहरुमा १५ पुरुष र ७ महिला गरी २२ जना रहेको जनाइएको छ । उद्दार गरेकाहरुमा पुनः समस्या देखिएपछि ३ पुरुष र ४ महिला गरी ७ पुनलाई पुनः उद्दार गरिएको, २० पुरुष र ९ महिला गरी २९ जनालाई स्थानान्तरण गरिएको छ भने आश्रममा हाल ५० पुरुष र ३८ महिला गरी ८८ जना रहेको बताइएको छ ।
आ.व. ०७९÷०८० को संख्यात्मक विवरण हेर्दा ३४ पुरुष र १३ महिला गरी ४७ जनाको उद्दार भएको छ भने ७ पुरुष र १ महिला गरी ८ जनाको पारिवारिक पुनर्मिलन भएको छ । ३ जना पुरुष दिवंगत भएका छन् भने ५ पुरुष र १ महिला गरी ६ जनाले अल्पकालिन सेवा लिएका छन् । यसैगरी २० पुरुष र ९ महिला गरी २९ जनालाई स्थानान्तरण गरिएको जनाइएको छ ।


प्रतिवेदन सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष खिमलाल देवकोटाले स्थानीय सरकार सेवा मूलक सरकार भएको बताउँदै सरकारी नीति नियमका कारण कतिपय अवस्थामा चाहेर पनि सहयोग गर्न नसकिएको बताए ।
कार्यक्रममा टीकाराम चपाईले सेवालाई सहज तरिकाले अगाडि लैजानका लागि सबैको चासो छ तर कतिपय कानूनी बाध्यात्मक परिस्थिति छन् त्यसलाई सहज बनाउँदै भावी योजनाका साथ अगाडि बढ्न आवश्यक रहेको बताए । सञ्जीता गौतमले सहजीकरण गरेको कार्यक्रममा अनिता ज्ञावलीले शब्द स्वागत गरेकी थिइन् ।

May be an image of text that says 'Canon dranag प्रिन्टर X अफर Change अब जुनसुकै पुरानो प्रिन्टर ल्याउनुहोस, G2020 नयाँ प्रिन्टर पाउनुहोस् Canon Multifunction Inkjet Tank Printer Print Copy aamtton Temm Scan Authorized Dealer for Karnali Surkhet IT Center ASUS @lhua Canon ZKTEO Birendranagar-6 Surkhet 083-590000, 9858065651 ₩ www.surkhetit.com.np Busy LUMINOUS Apacer RuiJie'