Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

ब्राह्मण समाज गुर्भाकोटमा खिमप्रसाद, भेरीगंगामा नवराज

सुर्खेत ।
ब्राह्मण समाज नेपालको गुर्भाकोट तथा भैरीगंगामा नगरपालिका स्तरीय समिति गठन भएको छ ।
भेरीगंगाको अध्यक्षमा नजराज शर्मा चयन भएका छन् भने गुर्भाकोटमा खिमप्रसाद शर्मा चयन भएका छन् । गुर्भाकोटको उपाध्यक्षमा ढाकाराम भण्डारी सचिवमा भानु प्रसाद शर्मा कोषाध्यक्षमा हरिहर रेग्मी र सहसचिवमा शंखराज पौडेल चयन भएका छन् ।


यसैगरी सदस्यहरुमा गोविन्द प्रसाद शर्मा, मीना आचार्य, महेन्द्र भट्टराई विष्णुदत्त पाण्डे शिवलाल शर्मा पूर्ण प्रसाद ढकाल लालप्रसाद शर्मा र थीरलाल पौडेल चयन भएका छन् ।
यसैगरी भेरीगंगाको समितिमा उपाध्यक्षमा कपिलदेव रिजाल सचिव गोविन्द गौतम कोषाध्यक्ष गौरी तिवारी सहसचिव नरेश शर्मा र सदस्यहरुमा शिव प्रसाद उपाध्याय नारायण प्रसाद गौतम, डिल्लीराज उपाध्याय, नम्रता भट्टराई, टीकाराम शर्मा, हरिप्रसाद गौतम चयन भएका छन् ।
पछिल्लो समयमा संस्कृत भाषाको संरक्षण र विधिसम्मत् ढंगबाट कर्मकाण्डलाई अगाडि बढाउन आवश्यक भएको बताउँदै पालिकास्तरीय ब्राह्मण समाजको गठन गरिएको समाजका जिल्ला अध्यक्ष तिलकराम चालिसेले बताए ।