Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

ब्राह्मण समाज वीरेन्द्रनगरको अध्यक्षमाः आचार्य

सुर्खेत ।
ब्राह्मण समाज नेपालको वीरेन्द्रनगर स्तरीय भेलाले नारायण आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उनको अध्यक्षतामा चयन भएको समितिको उपाध्यक्षमा मायाराम आचार्य र सचिवमा सीता पौडेल गौतम चयन भएका छन् । यसैगरी सहसचिवमा निर्मला रेग्मी र कोषाध्यक्षमा कृष्णा कुमारी उपाध्याय गौतम चयन भएका छन् । समितिको सदस्यहरुमा धर्म राज गौतम, डिल्ली प्रसाद उपाध्याय, उमा पौडेल, भीषण अर्याल, पुण्य प्रसाद कोइराला, प्रेम प्रसाद पौडेल, कमला सापकोटा र भरत गौतम चयन भएको निर्वाचन मण्डलका अध्यक्ष एवम् ब्राह्मण समाजका केन्द्रीय सचिव तुलसी प्रसाद पाण्डेयले जानकारी दिए ।
ब्राह्मण समाज सुर्खेतका अध्यक्ष तिलकराम चालिसेको अभ्यक्षतामा भएको भेलाले वीरेन्द्रनगरका सबै वडाहरुलाई समेटेर लैजाने योजना समेत बनाएका छ । जसका लागि ७ जना सदस्यहरु भने समितिले मनोनित गर्नेछ । विशेष गरी सनातन धर्मको रक्षा गर्दै समाजलाई सुसुचित गर्ने र नैतिक समाजको निर्माणका लागि कार्यहरु गर्दै अगाडि बढ्ने ब्राह्मण समाजले कर्मकाण्डमा एकरुपता र संस्कृत विद्याको संरक्षण, सम्वद्र्धनका क्षेत्रका कार्य गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

May be an image of 4 people, people performing martial arts, people practicing yoga and temple
नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्यले वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय गुरुकूलको आवश्यकता रहेको बताउँदै उक्त कार्यका लागि पहल गरिने बताए । भेलामा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडा समितिका अध्यक्ष एवम् प्रतिनिधिहरु सहभागी थिए ।
भेलामा श्री १०८ स्वामी महोहनानन्द, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा दक्षिण एशियाली ज्योतिष परिषद्का केन्द्रीय सदस्य विकास पौडेल, नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्मा, नेपाल ज्योतिष परिषद् सुर्खेतका सचिव खगेन्द्र प्रसाद अधिकारी, सहसचिव आनन्दशरण खनाल ब्राह्मण समाजका केन्द्रीय सदस्य धर्मराज आचार्य, दुर्गाकुमारी अधिकारीलगायतको उपस्थिति रहेको थियो । भेलाको सहजीकरण ब्राह्मण समाज सुर्खेतका सचिव लालमणी उपाध्याय खनालले गरेका थिए भने शब्द स्वागत कोषाध्यक्ष नजराज देवकोटाले गरेका थिए ।

May be an image of 5 people, temple and text

May be an image of 11 people and temple

May be an image of 10 people and temple