Loading... आजः ५ मंसिर २०८१, बुधबार । Wednesday 20th November 2024

“जनताका कुरा सुन्न” राप्रपाको कर्णाली यात्रा हुँदै

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनताका कुरा सुन्न राप्रपाले कर्णाली यात्रा गर्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मित्र, पार्टी प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) महामन्त्री कुन्ती शाहीलगायतका नेताहरु कर्णाली आउन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरी बताएका छन् ।


वर्तमान मुलुकको अवस्थामा बारेमा जनतालाई सुसुचित गर्दै सरकारले गरेका गलत कार्यहरुको बारेमा जनदवाब सिर्जना गर्न कर्णालीका विभिन्न स्थानहरुमा जनसभा गर्दै वर्तमान अवस्था बदल्न व्यवस्था बदल्ने अभियान संचालन गरिएको अध्यक्ष पुरीले बताए ।

राप्रपाका अनुसार यही कार्तिक ६ गते सल्यानको सल्लीबजार, ७ गते सुर्खेतको बाबियाचौर, ८ गते दैलेखको दुल्लु, ९ गते कालिकोटको मान्मा, १० गते जुम्लाको गोठीज्यूला र ११ गते मुगुको गमगढीमा कार्यक्रमहरु तय गरिएको जनाइएको छ । कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्नका लागि नेताहरु कर्णाली आउन थालेको बताइएको छ ।

‘हामी केवल भाषण मात्र गर्दैनौं । जनताको मनोभावना के छ हामीले सुधार गर्नुपर्ने के छ ? हामी सल्लाह सुझावहरु संकलन गर्न समेत कर्णाली आउन थालेका छौ’ राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा समेत भिडियो पोष्ट गरेका छन् ।