Loading... आजः १ फाल्गुन २०८२, शुक्रबार । Friday 13th February 2026
ताजा खबर
  

बहुब्राह्मणद्वारा महाशिवरात्रीमा रुद्राभिषेक हुँदै

सुर्खेत ।
सुर्खेत जिल्लामा दोस्रो पटक बहुब्राह्मणद्वारा महाशिवरात्री पर्वको अवसरमा रुद्राभिषेक हुने भएको छ । नुनथले वैदिक ब्राह्मण संस्थाको आयोजनामा विशेष धार्मिक अनुष्ठान सहितको रुद्राभिषेक हुन लागेको आयोजक संस्थाले जनाएको छ । यही फाल्गुन ३ गते महाशिवरात्रीको पावन अवसरमा वैदिक सनातन धर्म संस्कृतिको रक्षा, सदाचार, वैदिक परम्पराको संरक्षण, उपासना, तपस्या, मोक्ष प्राप्ति, आत्मशुद्धिमा बल पुग्ने विश्वासका साथ विशेष धार्मिक अनुष्ठान हुन लागेको ज्योतिष विकास पौडेलले जानकारी दिए ।

ज्योतिष पौडेलका अनुसार महाशिवरात्रीको दिन वीरेन्द्रनगर नगरपालिकाका विभिन्न ११ वटा शिवालयहरूमा बहुब्राह्मणद्वारा रुद्राभिषेक कार्य हुनेछ पौडेलले भने । उक्त कर्ममा सहभागी भई पुण्यमय कार्यलाई सफल बनाईदिनुहुन सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई नुनथले वैदिक ब्राह्मण संस्थाले हार्दिक आह्वान समेत गर्दछौ पौडेलले थपे ।

ज्योतिष विकास पौडेलका अनुसार वीरेन्द्रनगरका गोरखनाथ शिव मन्दिर नयाँ घुसा, रहपुर नर्मदेश्वर शिवालय मन्दिर, रहपुर, लाटिकोइली शिव मन्दिर, लाटिकोइली, जलेश्वर शिव मन्दिर, उत्तरगंगा, ॐ कारेश्वर शिव मन्दिर, गणेश चोकमा रुद्राभिषेक हुनेछ । यसैगरी सिद्धेश्वर शिव मन्दिर कपासे, कपिलेश्वर शिव मन्दिर, शिवालय चोक, सिद्धेश्वर शिव मन्दिर, खजुरा, प्राणेश्वर शिव मन्दिर, बतासे डाँडा, नर्मदेश्वर शिवालय, देउती बज्यै मन्दिर परिसर र शिव मन्दिर, धुलियाविटमा पनि रुद्राभिषेक हुने बताइएको छ ।