Loading... आजः २९ असार २०८३, सोमबार । Monday 13th July 2026

नेपाल ज्योतिष परिषद् भक्तपुरको अध्यक्षमा बज्राचार्य

भक्तपुर ।

नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला समितिको चौथो जिल्ला अधिवेशनबाट उपप्रा.शान्तरत्न बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा अन्जना श्रेष्ठ, सचिवमा अनिल सुवाल, कोषाध्यक्षमा नितु श्रेष्ठ र सदस्यहरुमा रामदेवी श्रेष्ठ, रुक्मिणी श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रिमा बज्राचार्य, हिराकाजी श्रेष्ठ, ज्ञानेन्द्रकृष्ण जोशी, मनिश जोशी, निर्मल शर्मा वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासंघका अध्यक्ष पञ्चाङ्गकार डा लोकराज पौडेलले संस्था स्थापनाकालदेखि हालसम्म यहाँ आइपुग्दा धेरै कठिनाई भोग्नुपरे पनि नेपाल ज्योतिष परिषद्को साङ्गठनिक बलमा विश्व ज्योतिष महासंघ र दक्षिण एसियाली ज्योतिष महासंघको प्रधान कार्यालय नेपालमा राख्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले ज्योतिषशास्त्रलाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।। कार्यक्रममा विश्व ज्योतिष महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णराज जोशी, नेपाल ज्योतिष परिषद्का केन्द्रीय वरिष्ठ सल्लाहकार प्राडा देवमणी भट्टराई, केन्द्रीय सल्लाहकार वैद्य हितराज श्रेष्ठ, केन्द्रीय सचिव शिवलाल पौडेल, बागमती प्रदेश महासचिव भिमप्रसाद पौडेल, उपत्यका समिति अध्यक्ष यज्ञरत्न बज्राचार्य, ललितपुर जिल्ला अध्यक्ष शुभद्रीका शर्मा राजोपाध्याय लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशन सफलताको शुभकामना राखेका थिए ।

May be an image of temple and text that says '"प्रलत्यक्ष जयोति्ष शास चन्टाको रात्र साक्षिणो" झपाल ज्यो रिषद जल्ला ੨੦ਟ 60八0の ΑOUΑ TECnO,ИR TECNO SPARK'

निर्वाचन सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन अधिकृत आचार्य शिवलाल पौडेल, निर्वाचन सचिव पवित्रा श्रेष्ठ, निर्वाचन सदस्य भिमप्रसाद पौडेल रहनुभएको थियो । उद्घाटन सत्र निवर्तमान भक्तपुर जिल्ला अध्यक्ष केदारप्रसाद जोशीको अध्यक्षता, निवर्तमान सचिव शान्तरत्न बज्राचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।