Loading... आजः ३० कार्तिक २०८३, आईतवार । Sunday 15th November 2026

भायानेटको नयाँ सेवा : आज दर्ता भएको समस्या आजै समाधान गर्ने

काठमाडौं।

भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘आजको समस्या, आजै समाधान’ सेवा सुरु गरेको छ।

नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ।

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले टाढैबाट प्राविधिक सहयोग उपलब्ध गराउनेछ। टाढैबाट समस्या समाधान गर्न सम्भव नभएमा प्राविधिक टोली ग्राहकको घरमै पुगेर सेवा प्रदान गर्नेछ।

ग्राहक सेवालाई प्राथमिकता दिँदै आएको भायानेटले नयाँ सेवामार्फत इन्टरनेटमा समस्या आउँदा लामो समयसम्म पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने विश्वास लिएको छ।

कम्पनीका अनुसार प्राविधिक सहयोग आवश्यक परे ग्राहकले भायानेटको सहायता नम्बर ०१–५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन्।