Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

होस्टल बन्द गरिदै

 काठमाडौं ।

नेपाल होस्टल एशोसिएसनले सबै होस्टलहरु बन्द गर्ने निर्णय गरेको छ ।

कारोना संक्रमण फैलिन नदिन सरकारले सबै शैक्षिक सँस्था बन्द गर्नुका साथै २५ जनाभन्दा धेरै नागरिक भेला हुन बन्देज लगाएकोले एशोसिएसनले होस्टल बन्द गर्ने निर्णय गरेको हो ।

होस्टलमा पनि धेरै व्यक्तिहरु जम्मा हुने भएकोले सरकारको निर्णयलाई कार्यान्वयन गर्न बन्द गर्ने निर्णय गरेको एशोसिएसनले जनाएको छ ।

साथै, व्यवसायीले ठूलो क्षती व्यहोर्नु परेकोले राहतको प्याकेज घोषणा गर्दा होस्टल व्यवशायीहरुलाई समेत प्राथमिकतामा राख्न एशोसिएसनले सरकारसँग माग गरेको छ ।
एशोसिएसनले घरबेटीसँग भाडा छुट गर्न र सरकारसँग बहाल कर छुट गर्न माग गरेको छ ।

काठमाडौंसहित देशैभर एक हजारको हाराहारीमा होस्टलहरु सञ्चालनमा छन् ।