Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द


सुर्खेत ।

अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द हुने सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को कारण भोली देखि अर्को संघको अर्को सूचना नआउन्जेलसम्मका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने निर्णय आइतबार गरिएको हो ।

अत्यावश्क भन्नाले खाद्य खुद्रा तथा किराना पसल, मेडिकल, तरकारी पसल, खाजा नास्ता पसल तथा इन्धन तथा पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने पसल फर्मलाई जनाइएको छ । यी बाहेकका अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्न संघले आग्रह गरेको छ ।

‘यस अवधिमा खुला रहने पसले पनि अत्यावश्यक एवं उपभोग्य वस्तुहरुको कृत्रिम अभाव वा कालोबजारी नगरी सहजरुपमा वस्तु तथा सेवा प्रवाह गर्न, ग्राहक उपभोक्ताको धेरै भीडभाड नगराई सरकार तथा चिकित्सकद्वारा निर्धारित मापदण्ड अपनाउन विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।