‘स्थानियलाई सरसफाईमा सजग पार्दै युवा’
कृष्णप्रसाद अधिकारी
दैलेख ।
केही महिना अगाडी देखि चिनमा देखिएको नोबेल कोरोना भाईरस चिनलगाएत विश्वभरी फेलिरहेको छ । विश्वभरी फैलिएको कोरोना भाईरस बाट बच्नको लागि स्थानियलाई सचेत र सजग पार्न दैलेखका युवा लागि परेका छन् ।
“स्वछता र सरसफाई हाम्रो पहिचान,पुर्ण सरसफाई भगवतिमाईको अभियान’’ भन्ने नाराका साथ भगवतिमाई गाउँपालिकाको सहकार्य विश्व खाद्य कार्यक्रम अन्तर्गत एकीकृत बिकास समाज नेपाल (आईडीएस–नेपाल), द्धारा सञ्चालीत विद्यालय सरसफाई कार्यक्रम अन्तर्गत भगवतिमाई गाउँपालिका भित्रका विद्यालय तथा अन्य समुदायमा अहिले सरसफाई सम्बन्धी कार्यक्रमहरु गरिदै आएको छ । उर्जा, वातावरण, नीति निर्माण, स्वास्थ्य, सरसफाई, क्षमता विकास र सामाजिक विकासको क्षेत्रमा ज्ञान र अनुभव भएका युवा र ऊर्जावान युवाहरुलाई गाउँगाउमा खटाइएको छ । उनिहरुले गाउँमा विभिन्न चरणमा विद्यालय देखि जनसमुदाय स्तर समेतमा सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्दे आएको र हाल विश्वभरी फैलिएको कोरोना भाईरस बारेमा गाउँस्तरमै पुगेर सरसफाई सम्बन्धी जनचेतना कार्यक्रम गरिएको एकीकृत विकास समाज नेपाल दैलेखका कार्यक्रम अधिकृत रमेश खनालले बताए ।
सरसफाई संगसंगै कोरोना भाइरस कोभिड–१९ को संक्रमण बाट बच्न विद्यालय मात्र हैन गाउँगाउमा पनी आईडीएस–नेपालको अभियान चलिरहेको छ । यस अभियान अन्तर्गत समुदायमा कोरोना बाट बच्नका लागि नियमित साबुन पानिले हात सफा गरौ, घर वरपरको बाताबरण सफा राखौ, सकेसम्म भिड्भाडमा नजाउ, सजग रहौँ घर फर्के पछी राम्रो संग साबुन पानीले हात धोएरमात्र खानेकुरा, खाउँ, अनिबार्य रुपमा माक्स को प्रयोग गर्ने झोलिलो तरकारी प्रशश्त रूपमा खाउँ तातो पानी पिउने स्वच्छ र फुर्तिलो बनौ रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै वेस हुन्छ भन्ने विषयमा र साबुन पानीको महत्व बारेमा सचेतना कार्यक्रम गरिदै आएको आईडीएस–नेपाल भगवतिमाई गाउँपालिकाका सामाजिक परिचालक दिपेन्द्र रेग्मीले जानकारी दिए । उनले भने हामीले विद्यालयमा र जनसमुदायमा पुगेरै सरसफाई सम्बन्धी तालिम र सुचना दिएका छौ घर–घरमा सबै सदस्यलाई उनिहरुले सिकाउने कुरामा विश्वस्थ छौँ ।
यस्तै अस्ट्रेलियन एण्ड, कारितास अस्ट्रेलिया र कारितास नेपालको सहयोग र एकता फाउन्डेशन नेपालको आयोजनामा भगवतीमाई गाउँपालिका वडा नं ५ र ६ मा युवा तथा बाल क्लव मार्फत कोरोनको जोखिमबाट बच्न सरसफाई सम्बन्धी प्रत्यक क्लवमा गएर सचेतना फैलाएको बताउँदै एकता फाउण्डेसन दैलेखका कार्यक्रम अधिकृत जनक प्रसाद अधिकारीले भने हामिले युवाहरुलाई सचेत गराउँन सकेको खण्डमा समाजमा युवाहरुले अन्य समुदायलाई समेत सचेत गराउँन सक्ने भएकोले उनिहरुलाई पहिले सचेत पारिएको बताएका छन् ।







