पत्रकार महासंघ सुर्खेत शाखाको आग्रह
सुर्खेत ।
पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ सुर्खेत शाखा २०७७ बैशाख १६ गते देखि २९ औं वर्षमा प्रवेश गरेको अवसरमा कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्रीहरु प्रवाह गर्न आग्रह गरेकाे छ । जारी बिज्ञप्तीमा भनिएकाे छ “महासंघका सदस्य सञ्चारकर्मीका साथै लोकतन्त्र, नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछांै ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले स्थापनाकालदेखि नै श्रमजीवि पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ सुर्खेत शाखा समिति गर्व गर्दछ ।






