Loading... आजः २६ आश्विन २०८३, सोमबार । Monday 12th October 2026

माओवादी कोहलपुरको जनप्रदर्शन

कोहलपुर, बाँके |

नेकपा माओवादी कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले सबृद्ध कोहलपुर निर्माणको आफ्नो अभियान लाई साथ दिन आग्रह गरेका छन । नेकपा माओवादी केन्द्र कोहलपुरले बुधवार कोहलपुरमा जनप्रद्धन सहित घरदैलो पछि आयोजीत कोण सभामा बोल्दै उनले सो कुरा बताएका हुन ।

18815996_1481608178526428_615325979_n

मध्य तथा सुदुरपश्चिमको ब्यापारीक केन्द्रका रुपमा रहेको कोहपुरले युवा एंव जुझारु युवा नेतृत्व पाए देशको नमुना नगरपालिका बन्न सक्ने बताउदै उनले जुझारु एंव क्षमतावान नेतृत्व छनोट गर्न आग्रह गरे ।

कोहलपुरको विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको बताउदै उनले सबृद्ध कोहलपुर बनाउन सके मात्रै आफु राजनैतिक रुपमा सफल हुने उनको भनाई रहेको थियो ।
नेकपा माओवादी केन्द्र कोहलपुर बडा नं १० को पार्टि कार्यालय बाट सुरु भएको घरदैलो तथा प्रद्धसन वडा नं ६,५ हुदै बडा नं ११ स्थित पार्टि कार्यालयमा पुगेर समापन भए
को थियो ।
घरदैलोका क्रममा स्थानिय बासिन्दाहरुले कोहलपुरको समग्र बिकासको योजना बनाउने सक्षम नेतृत्वका रुपमा नरेन्द्र न्यौपाने लाई लिएको बताएका माओवादी केन्द्र कोहलपुर नगर अध्यक्ष तेज प्रसाद चापागाईले जानकारी दिए ।

युवा तथा जुझारु उम्मेदवारका कारण आफुहरुको जित सुनिश्चत रहेको अध्यक्ष चापागाईले जानकारी दिए ।

स्रोत : सिस्ने  अनलाइन