Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

स्थापना दिवसको अवसरमा काव्य यात्रा

१९ जेठ २०७४
सुर्खेत ।


मानव अधिकार तथा शान्ति समाज सुर्खेतले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा काव्य यात्रा गरेको छ । स्थानीय जन उच्च माध्यमिक विद्यालयको सभा हलमा आयोजना गरिएको कार्यक्रममा तीन दर्जन साहित्यकारहरुले कविता, गजल, मुक्तक प्रस्तुत गरेका
थिए ।

मानव अधिकार तथा शान्ति समाज सुर्खेतका सभापति पुष्पा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका मानविकी तथा समाजशास्त्रका डीन साहित्यकार खोपीराम लम्सालले शुभकामना मन्तव्यमा मानव अधिकार तथा शान्ति समाजले काव्य यात्रा गरेर नेपाली साहित्यको विकास र सम्वद्र्धन गरेकोले खुसी व्यक्त गर्नुभयो ।


गोबिन्द कोइराला, लिलाधर गौतम, खगेन्द्र अधिकारी अमृत, देबेन्द्र सेजुवाल, सरस्वती पन्त, मिनराज पन्त, महेन्द्र चन्द महासागर, पहल असिम थापा, घनश्याम राना ऋतु, गणेश कञ्चन थापा लगायतका स्रष्टाहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।