Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो

सुर्खेत |

कर्णालीमा आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाले जनाए अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षण अनुसार कालिकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको हो ।

शाखाले विहान जारी गरेको विज्ञप्ति अनुसार कालिकोट शुभकालिका गाँउपालिकाका १९ बर्षिय १ जना युवा र अन्य १७ जना दैलेखका नागरिकमा संक्रमण पुष्टि भएको छ ।

दैलेख नारायण नगरपालिका ३ का ४ जना पुरुष, वडा नम्वर ५ का ५ जना पुरुष, देवलकाँडा ४ का ५ जना पुरुष, सिमडा ८, रातापानी ४ र साडु ९ का १ १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हिजो शनिबार एकै दिन ५८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सुर्खेत र जुम्ला प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १ जना बाजुराका सहित ५९ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाले जनाएको थियो ।

यस अघि शनिबार साँझ प्रदेशको जन स्वास्थ्य महाशाखाका अनुसार जुम्लामा गरिएको परीक्षणमा दैलेखका १५ जना र कालीकोटका १७ जना सहित ३३ जनामा संक्रमण पुष्टि भएको छ। ३३ जना मध्य कर्णाली बाहिरका अर्थात बाजुराका १ जना छन् ।

त्यस्तै, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। यो संगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ भने एक जनाको मृत्पुु भएको छ। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो।

 

Related Posts