काभिड–१९ बाट संक्रमित हुनेको संख्या ११०४ पुग्यो
सुर्खेत ।
कर्णाली प्रदेशमा आजमात्र थप १८ जना नयाँ कोभिड–१९का संक्रिमित थपिएका छन् ।
योसँगै कर्णालमा कोभिड–१९ बाट संक्रमित हुनेको ११०४ पुगेको हो ।
प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेखका २ जना, सुर्खेतका २ जना र कालिकोटका १४ जना गरि कुल १८ जनामा संक्रमण पुष्टी भएको हो ।
बुधबार दैलखबाट १४९ र सुर्खेतबाट ३ गरि जम्मा १५२ जना निको भएसँगै कर्णालीमा ४९५ निको भएको समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।








